सेनाका जवानले आफैलाई गोली हाने

कञ्चनपुरमा कार्यरत नेपाली सेनाका एक जवानले आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।

२५ नम्बर बाहिनी भगतपुरमा कार्यरत २३ वर्षका वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरे प्रारम्भीक अनुसन्धानमा देखिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

ब्यारेकभित्रै खड्काले च्यूँडोबाट गोली हानेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ओझाले बताए ।

प्रारम्भिक अनुसन्धान भएको र आत्महत्याका लागि प्रयोग गरेको भनिएको बन्दुक परीक्षणका लागि पठाइएको प्रहरी नायब उपरीक्षक ओझाले बताए । खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।