निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिवेदन

निर्वाचन आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। आयोगले आर्थिक वर्ष २०७४/०७५मा सम्पादन गरेका कामरूको विवरण समिटिएको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएको हो।

नेपालको संविधानको धार २९४ मा भएको संवैधानिक व्यवस्थाअनुसार वार्षिक प्रतिवेदन बुझाएको निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। सो अवसरमा प्रमुख निर्वाचन आयुक्त ९ अयोधिप्रसाद यादवले सम्मपन्न गरेका प्रमुख कार्यहरूका बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए।

त्यस्तै उनले निर्वाचनसँग सम्बन्धित ऐन र क्षेत्र निर्धाण आयोगको प्रतिवेदन दुवै प्राप्त नभएको बताए। आयोगको प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसदमा पठाउने जानकारी दिइन्। सो अवसरमा आयोगका निर्वाचन आयुक्त इला शर्मा नरेन्द्र दाहाल इश्वरीप्रसाद पौडेल सुधिरकुमार शाह निमित्त सचिव एवं खरेललगायतको उपस्थिति थियो।