ओलीले देखेको सपना प्रदेश सरकारले साकार पार्छ:मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दिवंगत प्रदेश सभा सदस्य उत्तरकुमार ओलीले सपना साकार पार्न प्रदेश सरकारले ध्यान दिने बताएका छन्।

सवारी दुर्घटनामा ज्यान गुमाएका प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पश्चिम दाङको विकासको लागि प्रदेश सरकारले प्राथमिकतामा राख्‍ने बताएका हुन्।

`उत्तरकुमार ओली उदयमान नेतृत्व हुनुहुन्थ्यो।जहिले पनि आफ्नो ठाउँको विकासको लागि चिन्तित हुनुहुन्थ्यो´उनले भने-`पश्चिम दाङका जनताको ढुक ढुकिमा बस्नु भएका नेतालाई गुमाउदा हामी सबैले अभाव महशुस गरेका छौं।´

प्रदेश सभा सदस्य ओलीलाई श्रद्धाञ्जली दिन प्रदेश सभामुख पूर्णबहादुर घर्ती, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी लगायत प्रदेश सभा सदस्य, नेकपाका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो। नेकपा जिल्ला कार्यदल सदस्य टिकाराम खड्काको अध्यक्ष तथा मुख्यमन्त्री शंकर पाेखरेलकाे प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली सभा भएको हो।

कार्यक्रममा बंबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले उत्तरकुमार ओली प्रतिष्ठान बनाउने जानकारी दिए। माघ २४ गते घोराही-३ चिसापानीमा ओली सवार कार र वस ठोक्किदा उनी गम्भीर घाइते भएका थिए।

उनको उपचारको क्रममा १२ दिन अघि काठमाडौं मेडीसिटि अस्पतालमा मृत्यु भएको थियो।ओली दाङ निर्वाचन क्षेत्र नम्बर ३(ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।