फेब्रुअरी १४ को पुलवामा आक्रमणपछि छिमेकी भारतमा राष्ट्रवादको पारो चढेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, सार्वजनिक सञ्चारमाध्यम र आममानिसले पाकिस्तानविरोधी राष्ट्रवादलाई बढावा दिइरहेका छन्।
पाकिस्तानमा भारतीय वायु सेनाले बम खसालेको दिन प्रधानमन्त्री मोदीले ‘यो देशलाई म मेटिनँ दिन्न…’ भन्दै भाषण गरेका थिए।
अहिले भारतीय पुरूषमा पाकिस्तानले रिहा गरिदिएका वायु सेनाका चालक अभिनन्दन वर्तमानको जस्तो जुँगाको काट्ने लहर चलेको छ।
राष्ट्रवादको यो अभियानमा भारत सरकार स्वामित्वको एयर इन्डिया पनि जोडिएको छ।
सोमबार एयर इन्डियाले आफ्ना जहाजका चालक दलका सदस्यलाई उडानका क्रममा हुने हरेक अनाउन्समेन्टपछि ‘जय हिन्द’ भन्न निर्देशनात्मक आदेश जारी गरेको छ।
यसअघि सन् २०१६ मा पनि एयर इन्डियाका अध्यक्ष आश्वानी लोहानीले ‘जय हिन्द’ भन्न निर्देशन दिएका थिए।
देशको मुडअनुसार त्यसलाई फेरि कडाइका साथ पालना गर्न एयर इन्डियाले आफ्ना चालक दलका सदस्यलाई भनेको हो।
समयमा नउड्ने, यात्रुमाथि उचित व्यवहार नहुनेलगायतका गुनासा आएपछि लोहानीले यात्रुहरूमा राम्रो प्रभाव पार्न जहाज टेक अफ हुनुभन्दा पहिला ‘जय हिन्द’ भन्न निर्देशन दिएका थिए।






