समाचार

द्वन्द्वपीडित महिलाका सवालबारे पोखरामा छलफल

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले द्वन्द्व सकिएर देश संघीय गणतन्त्र बनिसक्दा पनि द्वन्द्वका पीडितहरुको अवस्था उस्तै रहेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले द्वन्द्वका वास्तविक पीडितको तथ्यांक संकलन गरी समस्या सुल्झाउन महानगर तयार रहेको बताए । उनले भने, ‘नेपालमा ७६१ सरकार छन्, हामी महानगरमा गुरुयोजना बनाएर यो समस्या सुल्झाउन तयार छौं । अरु सरकारले पनि हाम्रो सिको गरुन् ।’ मानवअधिकारका लागि महिला एकल महिला समूह कास्कीले शुक्रबार आयोजना गरेको ‘द्वन्द्वपीडित… पुरा पढौ

पत्रकार चौधरी गिरफ्तार प्रयास प्रति जनपत्रकार संगठनको अाक्रोस

जनपत्रकार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष तथा दाङ सन्देश डटकमकी जानकी चौधरीलाई प्रहरीले शुक्रबार दाङबाट गिरफ्तार गर्ने प्रयास गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश ५ स्तरीय कार्यशाला गोष्ठी कार्यक्रममा सहभागी हुन नेपाल पत्रकार महासंघ दाङको सभाहल पुगेकी पत्रकार चौधरीलाई प्रहरीले गिरफ्तार गर्ने प्रयास गरेको थियो । कोषाध्यक्ष चौधरीलाई नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएका टोलीले नियन्त्रणमा लिन खोजेपछि कार्यक्रममा सहभागी पत्रकारहरुले प्रतिवाद गर्दै प्रहरीबाट खोसेर चौधरीलाई सुरक्षित राखेका थिए… पुरा पढौ

विप्लवको कोसी ब्यूरो प्रमुखले पार्टी छाडे

नेत्र विक्रम चन्द ‘विप्लव’को नेतृत्वको नेकपाको केन्द्रीय सदस्य तथा कोसी ब्यूरो प्रमुख किरणकुमार राईले पार्टी छाडेका छन् । पूर्वसभासद समेत रहेका राईले विप्लव पार्टीको राजनीति छोडेर सत्तारुढ नेकपामा प्रवेश गरेका हुन् । उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापासँगको सहमतिपछि आफु नेकपा प्रवेश गरेको बताए । माओवादी युद्धमा ब्रिगेड कमाण्डर समेत रहेका राई शान्ति प्रकृयापछि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा सुनसरी–१ बाट सभासद भएका थिए ।   पुरा पढौ

इनारमा खसेर महिलाको मृत्यु

भरतपुर महानगरपालिका–९ आदर्शचोकमा आज बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो । इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खसेकी थिइन् । इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको छ । पुरा पढौ

आजको राशिफल (२०७६ श्रावण २४ गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ श्रावण २४ गते शुक्रबार, इस्वीसंवत अगष्त ९ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणशुक्लपक्षको नवमी तिथि दिनमा १ बजेर ५६ मिनेटसम्म त्यसउप्रान्त दशमी तिथि लाग्नेछ । आज अनुराधा नक्षत्र राति २ बजेर १५ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा ब्रम्ह, करणमा… पुरा पढौ

कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान दिइने

स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान उपलब्ध गराउने भएको छ । गल्याङ नगरपालिकालाई सेतो शहर (दूधको शहर)का रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले कृषि र पशुपालनलाई व्यावसायिकता प्रदान गर्ने नीति अगाडि सारेको नगर प्रमुख भुपराज अधिकारीले बताउनुभयो कृषि र पशुपालन व्यवसायमा आबद्ध नगरभित्रका कृषक तथा पशुपालक व्यवसायीलाई नगरपालिकाले बनाएको मापदण्डका आधारमा चार तहमा वर्गीकरण गरी सबैलाई परिचयपत्र प्रदान गरी परिचयपत्रकै आधारमा अनुदान उपलब्ध गराउने निर्णय भएको… पुरा पढौ

केटी फकाउन प्रयोग गरिने एउटा यस्ता बाजा !

बाजाहरूको ऐतिहासिक, धार्मिक, जातीय लगायत सबैको आआफ्नै महत्व छन् । बाजाहरूमध्ये कतिपय बाजा युद्धमा प्रयोग भएका, प्रयोग हुने छन् त कति धार्मिक पूजापाठको महत्व बोकेका छन् । केही बाजा यस्ता पनि जुन बाजा केटाले केटी फकाउन वा युवायुवतीले मायाप्रेम गास्न समेत प्रयोगमा आएका छन् । यी बाजामध्ये १० बाजाको छोटकरीमा जानकारी सारंगी : सारंगी नेपाली बाजा मध्येमा धेरै पुरानो मानिन्छ । यो गाइने जातिको बाजा हो । घरको खट्टे प्वालमा… पुरा पढौ

बाघसँग लडेर हिराबहादुरले पाए नयाँ जीवन

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–२ का हिराबहादुर श्रेष्ठ सदाझै बुधबार पनि गाईवस्तुको गोठमा काम गरिरहेका थिए । विहान गोठमा काम गरिरहेका बेला उनलाई एक्कासी बाघले आक्रमण गर्‍यो । केहि सोच्न समेत नभ्याएका उनलाई बाघबाट मुक्ति पाउन लड्नुको विकल्प थिएन । बाघको आक्रमणबाट बच्न सकेसम्म प्रतिकार गरे । प्रतिकार गर्दा पनि बाघको आक्रमण नरोकिएपछि कहाँबाट उनलाई कराउन बुद्धि आयो । अनि ठूलो स्वरमा हारगुहार मागे । हिराबहादुरले चर्को स्वरमा हारगुहार माग्दै कराएपछि बाघ… पुरा पढौ

नाम मात्रै तितेपाती, काम…..

पाती अर्थात् तितेपातीमा अपार औषधीय गुण हुन्छ, आम्दानीको स्रोत बन्न सक्छ भन्ने अझै नेपाली समाजमा व्यापक चेतना फैलिन सकेको छैन । समुद्री सतहको तीन सयदेखि दुई हजार चार सय मिटर उचाइका खुला कुना, कन्दरा र सेपिलो तथा बन्जर भूमिमा समेत सर्लक्क फैलन्छ तितेपाती । फूल फुल्ने बिरुवाअन्तर्गत पर्ने तितेपातीको वैज्ञानिक नाम आर्टि्मिसिया भल्ग्यारिस हो । नेपालमा भने भूगोलअनुसार करिब छ प्रजातिका तितेपाती पाइन्छन् ।  गत वर्ष गाउँका स्थानीय मिलेर समृद्धिपथ… पुरा पढौ

किन पड्किन्छ सिलिन्डर ? यसरी गरौं सुरक्षित

नेपाल एलपी गयास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेको बुझाईमा एलपी ग्यास विस्फोट र आगलागीका घटना जनचेतनाको परिणाम हो । विद्युत्को तार सर्ट भएर पनि ग्यास विस्फोट भएका छन् । उनले भने,‘पाइप, रेगुलेटर र सिलिन्डरको कमजोरी जस्ता कारण पनि हुन्छन् ।’ ग्यास क्षेत्रलाई व्यवस्थित बनाउन ‘एलपी ग्यास बोटलिङ प्लान्टका लागि मापदण्ड’ बनाएको थियो । गुणस्तर र मापदण्डमा ग्यास प्लान्टहरुले लापरबाही गर्नाले दुर्घटना निम्तिने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं