ताजा समाचार

श्रावण २५ गते २०७६

हरिहर मन्दिरमा महाआरती

श्री सदा शिवजी सिद्देश्वर हरिहर मन्दिरमा शनिबार पाँचौं महाआरती भएको छ ।

शनिबार महाआरतीमा प्रदेश सभा सदस्य मीना गुरुङ, दीपा रोका , ब्रह्मायोग पिठका सन्चालक सिरोजविजय कोइराला, रेडियो गोर्खालीका स्टेसन म्यनेजर खिमा गुरुङ, पोखरा हटलाइन दैनिकका प्रबन्ध निर्देशक उत्तम पौडेल लगायत सहभागी थिए । यसपालिको आरतीमा कर्ता मन्जु गुरुङ थिइन् ।

श्री सदा शिवजी सिद्देश्वर हरिहर मन्दिर गुठी व्यवस्थापन समिति अध्यक्ष दीपक आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव सीता काफ्ले भण्डारीले गरेकी थिइन् ।