ताजा समाचार

श्रावण २५ गते २०७६

शनिबार नुन किन्नु हुँदैन : ज्योतिषशास्त्र

हाम्रो समाजमा थुप्रै मूल्य मान्यता रहेका छन् र त्यस्ता कतिपय मान्यता हामी चाहेर पनि नकार्न सक्दैनौं । हाम्रा पूर्वजले मान्दै आएका कतिपय कुरा शनिबारसँग पनि जोडिएका छन् ।

शनिदेवमाथि नराम्रो असर नपरोस् भनी हाम्रा पूर्वजले थुप्रै नियम बनाए । ज्योतिषकाअनुसार शनिको असरबाट बच्नका लागि यस्ता मान्यताहरू छन् जसलाई शनिबारका दिन हामीले गर्नुहुँदैन ।

शनिबार घरमा ल्याउन तथा प्रयोग गर्न नहुने चिजहरू
तेलः तेललाई शनिको अतिप्रिय चिज हो र तेल दान गर्नुपर्ने हुन्छ । यस दिन तेल घरमा ल्याउँदा घरमा गरिबी र रोग निम्तिने गर्दछ ।

जुत्ताः शनिलाई खुट्टाको कारक ग्रह मानिएको छ । यसकारण शनिबार जुत्ता खरिद नगर्दा राम्रो । यस दिन जुत्ता खरिद गर्दा रोगको सामना गर्नुपर्ने मान्यता रहेको छ ।

अन्नः शनिबार अन्न पिस्न नदिनुहोस् र यसको खरिद पनि नगर्नुहोस् । यसो गर्दा परिवारमा कलह रहिरहन्छ र शनिबार पिनेको पिठोले घरमा गरिबी निम्त्याउने मान्यता छ ।

नुनः घरका लागि सर–सामान किन्दै हुनुहुन्छ भने शनिबारको दिन नुन किन्नबाट बच्नुहोस् । शनिबार नुनको खरिद गर्दा घरमा ऋण लाग्ने बताइन्छ ।

फलामः शनिबार फलामले बनेको सामान खरिद गर्नुहुँदैन । फलामलाई शनिको धातु मानिन्छ । यस दिन फलामको दानको महत्व छ । यस दिन फलाम खरिद गर्दा शनिदेव रिसाउने मान्यता रहिआएको छ ।