ताजा समाचार

श्रावण २५ गते २०७६

पुल्चोक टोललाई लायन्स शान्ति स्तूपाको स्ट्रेचर

लायन्स क्लब अफ पोखरा शान्ति स्पूपाले शनिबार पोखरा १७ पुल्चोकको पुल्चोक टोल विकास संस्थालाई स्ट्रेचर हस्तान्तरण गरेको छ । फिर्के खोला किनारमा रहेको पुल्चोक टोलमा करिब ४ सय घर छन् । टोलमा सडकको व्यवस्था नहुँदा कोही बिरामी परे बोकेरै लैजानुपर्ने अवस्थालाई सघाउन स्ट्रेचर प्रदान गरिएको कार्यक्रम संयोजक सुवास ढुंगानाले बताए ।

क्लबका अध्यक्ष उत्तम सिग्देल, छोरेपाटन टोल सुधार समिति अध्यक्ष चूडामणि बराल, कमिटी चेयर पर्सन धर्मराज अर्याल, निवर्तमान अध्यक्ष चेतबहादुर गुरुङ लगायतले टोलका अध्यक्ष इन्द्रबहादुर खड्कालाई स्ट्रेचर प्रदान गरे । छोरेपाटन टोल सुधार समिति अध्यक्ष चूडामणि बरालले शान्ति स्तूपाको सक्रियता उल्लेखनीय भएको बताए ।

कमिटी चेयर पर्सन धर्मराज अर्यालले समाजमा पछि परेका, गरिब र निमुखा वर्गलाई सम्पन्न वर्गले सँगै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष चेतबहादुर गुरुङ, पूर्व अध्यक्ष खिमलाल बराल, रिचन चेयर पर्सन ऋषि गिरी, क्लबका सचिव सुनिता तिमिल्सिना, कोषाध्यक्ष सावित्री ढुंगाना लगायतले बोलेका थिए । क्लबले शनिबारै फिर्केखोला किनारमा वृक्षारोपण पनि गरेको छ ।