ताजा समाचार

श्रावण २५ गते २०७६

नेपाली सेनाका मेजर पक्राउ

नेपाल प्रहरीले नेपाली सेनाका मेजरलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । बहालवाला मेजर अजितप्रतापसिंहसहित २ जनालाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको जनाएको छ ।

कैलालीको धनगढी नगरपालिका २ घर भएका सिंहलाई लागू औषध कारोबार गरेको आरोपमा पक्राउ गरिएको नेपाल प्रहरी लागू औषध ब्यूरोका एसएसपी वसन्त लामाले बताए ।