समाचार

विद्यालयका कर्मचारी मृत फेला

गोरखा नगरपालिका–१० टक्कसारस्थित बहिरा आवासीय माध्यामिक विद्यालयमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् । सोमबार साँझ ८ः३० बजेपछि विद्यालयको काम सकेर घर फर्किएका सोही ठाउँका ५० वर्षीय श्यामहरि घिमिरेको शव स्थानीय कवाडी सामुदायिक वनमा फेला परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले जानकारी दिए । हरेक दिन विद्यालयको काम सकेर साँझ घर फर्कने गरेका घिमिरे हिजो घर नफर्किएपछि परिवारले खोजी गरेको थियो । अध्यक्ष रेग्मीले भने, “विद्यालयमा सोधीखोजी गर्दा… पुरा पढौ

भारतीय सेतो आलुमा ४७ प्रतिशत विषादी

पोखरामा भारतबाट आयात गरिएको सेतो आलुमा ४७ प्रतिशत विषादी मिसावट भएको भेटिएको छ । भारतबाट बिक्रीका लागि ल्याइएको सेतो आलुमा बिषादीको रोकावट दर ४७ प्रतिशतसम्म भेटिएको बाली संरक्षण प्रयोगशाला कास्कीका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले बताए । “विषादी रोकावट दर ३० प्रतिशतसम्म हुँदा खानयोग्य हुन्छ, ३० देखि ४५ प्रतिशतसम्म यसको मात्र बढी भएमा एक हप्ता जसो अप्जरवेसन गरेर मात्र खान सकिन्छ,” उनले भने, “त्योभन्दा माथिको प्रतिशत आएमा खान अयोग्य ठहरिन्छ,… पुरा पढौ

आजको राशिफल (२०७६ श्रावण २८ गते मंगलबार)

आजको पञ्चांग आज मिति २०७६ श्रावण २८ गते मंगलबार, इस्वीसंवत अगष्त १३ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणशुक्लपक्षको त्रयोदशी तिथि दिनमा १ बजेर ४३ मिनेटसम्म त्यसउप्रान्त चतुर्दशी तिथि लाग्नेछ । आज उत्तरषाढा नक्षत्र राति ४ बजेर २६ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा विशाखा, करणमा… पुरा पढौ

सीतालाई सम्झाउँदै रामले के भने ?

मनुष्य भित्र चार अवस्थाहरु छन् । एक जागृत अवस्था (awakend stage) जसमा हामी संसारका सबै क्रियाकलाप गर्छौ । दोस्रो स्वप्नावस्था (dreaming)  जसमा हामी जब सुत्छौ तब स्वप्न देख्छौ । तेस्रो सुषुप्तवस्था (sound sleeping) कहिले काहि तपाईले देख्नु भएको होला व्यक्ति जब थाकेर सुत्छ र बिहान उठेर भन्छ निकै मिठो निन्द्रा लाग्यो थाहा नै भएन त्यसलाई भनिन्छ सुषुप्तवास्था । अर्थात यस्तो गहिरो निन्द्रा जसमा व्यक्तिलाई थाहा हुदैन उ स्त्री हो कि… पुरा पढौ

डिभिजन सडक दमौलीका कम्प्युटर अपरेटर विरुद्ध मुद्दा

डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल विरूद्ध विशेष अदालत काठमाडौंमा सोमबार आरोपपत्र दायर गरिएको छ । पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका का सुमित शाही सडक स्तरोन्नतिसम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत विभिन्न बहानामा सेवाग्राहीसँग रकम लिँदा लिँदै पक्राउ परेका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले पौडेल र शाहीलाई सेवाग्राहीसँग १ लाख ७५ हजार रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा भेटिएका आधार, प्रमाण… पुरा पढौ

एमबिएसको प्रश्नपत्र आउट, पाँच पक्राउ

जनकपुरमा एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत आउट गरेको प्रश्नपत्रको फोटोकपी गराइरहेका ५ जना पक्राउ परेका छन् । स्थानीय राराव क्याम्पसमा परीक्षा शुरु भएलगत्तै एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका थिए । सोमबार राराव क्याम्पसमा परीक्षार्थीलाई प्रश्नपत्र वितरण गरेलगत्तै एमबीएस प्रथम सेमेस्टरमा सहभागी एक परीक्षार्थीले नै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेको आरोपमा एक पसल सञ्चालकसहित पाँच विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए । परीक्षा हलबाट सामाजिक सञ्जालमार्फत… पुरा पढौ

पोखरा २६ भड्किलो तीजरहित वडा

पोखरा महानगरपालिका अन्र्तगतको वडा नं २६ पहिलो भड्कीलो तीजरहित वडा भएको छ । वडा नं २६ का ३५ भन्दा बढी आमा समुह तथा महिला संजालको संयुक्त प्रयासले वडालाई भड्कीलो तीज रहित बनाउने अभियान चलाएको वडाध्यक्ष नारायण बरालले जानकारी दिए । उनले भने–“हामीले तीज मनाउने हो तर तारे होटल र पार्टी प्यालेसम संस्कारलाई बिकृतीतिर लैजाने गरी तीजको दरका नाममा हुने कृयाकलापलाई पुर्ण रुपमा बन्देज गर्न आव्हान गरेका हौं ।” आव्हानका आधारमा… पुरा पढौ

भ्रष्टाचारको आरोपी नायब सुब्बा द्धरा आत्महत्या

मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आत्महत्या गरेका छन्।हिजो आइतबार बिहान उदयपुरको त्रियुगा नगरपालिका(९ को रातामाटेको जंगलमा उनले पासो लगाएर आत्महत्या गरेका हुन्। सोही नगरपालिका(१० घर भएका उनी काठमाडौंबाट शनिबार उदयपुर गएका थिए।भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा धाइरहेका उनले आत्महत्या गर्नुअघि लेखेको लामो ‘सुसाइड नोट’ समेत भेटिएको छ।उनले त्यहाँ ‘आफू निर्दोष रहँदारहँदै भ्रष्टाचार मुद्दा लगाइएको’ बताएका छन् । ५५ वर्षीय आचार्यले ‘अख्तियार प्रमुख नवीन घिमिरेको दुई… पुरा पढौ

आजको राशिफल (२०७६ श्रावण २७ गते सोमबार)

आजको पञ्चांग आज मिति २०७६ श्रावण २७ गते सोमबार, इस्वीसंवत अगष्त १३ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणशुक्लपक्षको द्धादशी तिथि दिनमा १ बजेर ०१ मिनेटसम्म त्यसउप्रान्त त्रयोदशी तिथि लाग्नेछ । आज पूर्वाषाढा नक्षत्र राति २ बजेर २६ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा विशाखा, करणमा… पुरा पढौ

बीउबिजन विधेयक स्वीकृत

‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको आजको बैठकले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ । बैैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले स्थानीय जातका बिउबिजनको संरक्षण गरिनुपर्नेमा जोड दिए । सांसद घनश्याम खतिवडाले वर्णशंकर बीउले कृषिमा दीर्घकालीन रुपमा नकारात्मक प्रभाव पारेकाले स्थानीय जातका बीउ संरक्षण गर्नुपर्ने बताए । ‘पहिले काँक्राको बीउ संरक्षणका लागि बियाँ भित्तामा टाँसेर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं