ताजा समाचार

श्रावण २८ गते २०७६

युवा दिवसमा सुवास सम्मानित

रोट्¥याक्ट क्लाव अफ पोखराले अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । कार्यक्रममा युवा नेतृत्व सम्मान २०१९ बाट युवा अभियान्ता सुवास मल्ललाई सम्मानित गरिएको छ ।

मल्ल रोट्¥याक्ट क्लव अफ पोखरा लेकसाइडका संस्थापक अध्यक्ष तथा रोट्¥याक्ट जोन ४ को निवर्तमान जेडआरआर समेत हुन् । उनको नेतृत्वमा २०६४ मा पोखरामा अन्तर्राष्ट्रिय युवा सम्मेलनसमेत आयोजना गरिएको थियो । नेपालबाहेक भारत, बंगलादेश, जापान, पोल्याण्ड, रुस, फिनल्याण्ड, नर्वे, स्वीडेन, डेनमार्क, इस्टोनिया, लाटभिया, लिथवेनिया आदि देशको भ्रमण गरेका उहाँ विभिन्न साहित्यीक अभियानहरुमा पनि सक्रिय छन् ।

सोही अवसरमा पोखरामा संघर्ष र सफलताको कथा सुनाउने कार्यक्रम पनि भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दिपक कोइराला, पोखरा विश्वविद्यालयका निमित्त रजिष्ट्रार डाक्टर अजय थापा र महिला उद्यमी संघ, कास्कीका अध्यक्ष, काशी गुरुङ्गले आफ्नो सफलताको कथा सुनाए ।

रोट्¥याक्ट क्लव अफ पोखरा लेकसाइड र रोट्¥याक्ट क्लव अफ पोखराको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमलाई राष्ट्रिय युवा परिषद, युवा संस्थाहरुको संजाल नेपाल ९आयोन० र जागृति बाल तथा युवा सरोकार नेपालले सघाएका थिए ।

कार्यक्रममा आफु सांसद निर्वाचित हुँदा युवा उमेरमै भए पनि भर्खर युवा उमेर पार गरेको बताउँदै सांसद कोइरालाले विद्यालय जीवन, विद्यार्थी राजनीति, जनयुद्धकाल, वाइसिएलको नेतृत्व गरेको समय, खेलकुद परिषदको नेतृत्व गरेको समय, नेपाल क्रिकेट संघ ९क्यान० को नेतृत्व गरेको समय, जिल्ला पार्टिको नेतृव्य गरेको समय र सांसद निर्वाचित भई कार्य गरेको समयका विभिन्न किस्सा सुनाए ।

निमित्त रजिष्ट्रार डाक्टर थापाले जीवनमा सफलताको मानक समय अनुसार परिवर्तन हुने अनुभव राख्दै आफुले स्नातककालमा नै ३५ वर्षभित्र पिएचडी गर्ने लक्ष्य लिएर अगाडि बढेको र अन्ततः त्यसमा सफल भएको उल्लेख गरे ।

महिला उद्यमी गुरुङ्गले दैनिक ५० रुपैयाँको जागिरदेखि हाल विभिन्न ३ वटा व्यवसायको मालिक रहँदासम्मको अनुभव सुनाइन् ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका सदस्य दिलिप न्यौपाने, रोट्¥याक्ट जोन ४ का जेडआरआर सुदिप प्रसाईं ठकुरी, जागृति बाल तथा युवा सरोकार नेपालका गण्डकी प्रदेश संयोजक प्रतीक्षा गैह्रे, रोट्¥याक्ट क्लव अफ पोखराका उपाध्यक्ष प्रवेश गौतम लगायतले बोलेका थिए ।

दुवै क्लबका अध्यक्षद्वय विश्वदर्शन पराजुली र युदिप सुवेदी क्षेत्रीको संयुक्त सभाध्यक्षतामा भएको कार्यक्रम सञ्चालन रोट्¥याक्ट क्लव अफ पोखराका सहसचिव सुसन घिमिरेले गरेका थिए ।