ताजा समाचार

श्रावण २९ गते २०७६

प्याराग्लाईडिङ दुर्घटनामा १ घाइते

पोखरा ६ खहरेमा प्याराग्लाईडिङ ल्यान्ड गर्ने क्रममा दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।

पोखरा प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङमा सवार चिनिया नागरिक ज्यासनी युन्हा (P.P.6851056) घाइते भएकी हुन् । ६३ वर्षीय उनलाई उपचारक लागि मेट्रोसिटी अस्पताल पठाईएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णबहादर कार्कीले जानकारी दिए ।