ताजा समाचार

श्रावण २९ गते २०७६

मेयरमा उठ्न जागिरबाट राजीनामा

निर्वाचिन आयोगले आगामी मंसिर १४ गते चुनावको मिति घोषणा गरेसँगै धराने नेता कार्यकर्तालाई चुनावी तातो लागिसकेको छ ।

चुनावको मिति नजिकिँदै गएपछि मेयर पदका बलिया उमेद्दार एवम् नेपाली कांग्रेसका जिल्ला सचिवसमेत रहेका सुजेन्द्र तामाङले आफ्नो जागिरे जीवनबाट राजीनामा दिएका छन्। धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत तामाङले बुधबार राजीनामा दिएका हुन्। उनले प्रतिष्ठानका निमित्त उपकुलपति प्रा।डा। गुरुप्रसाद खनाललाई स्वेच्छिक अवकाशको निवेदन बुझाए ।

उनी धरानमा मात्र नभई जिल्लाकै लोकप्रिय नेताका रुपमा परिचित छन्। अवकाश लिएपछि उनले आफू अब धरानको जनताका लागि समर्पित हुने बताए। धरानका तत्कालिन मेयर तारा सुब्बाको २०७५ साउन १ गते उपचारको क्रममा मृत्यु भएको थियो।