ताजा समाचार

श्रावण २९ गते २०७६

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा वृक्षारोपण

पोखरा १७ रातोपै¥हास्थित अन्तर्राष्ट्रिय पर्र्वतीय संग्रहालय परिसरमा वृक्षारोपण गरिएको छ । धुपी, अमला, अम्बा, रुख कटहर, रुद्राक्ष लगायतका गरी करीब ३५ वटा विभिन्न प्रजातिका विरुवा रोपिएको संग्रहालयका कार्र्यकारी निर्देशक शंकर गौतमले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष तीर्थराज अधिकारी, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, कोषाध्यक्ष सुदर्शन न्यौपाने, बोर्ड सदस्यहरु, कार्र्यकारी निर्देशक गौतम, पत्रकार एवं कर्मचारीले वृृक्षारोपण गरेका हुन् ।

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले वडाको विकासका लागि आफूहरु दत्तचित्तका साथ लागेको उल्लेख गरे । उनले यो संग्रहालय वडाको परिचय पनि भएकाले यसको विकास, प्रचारप्रसार र हितका लागि वडा कार्यालय सधै तयार रहेको बताए ।

बुधबार रोपिएका विरुवामा जसले रोपेको हो, उसैको नामको ट्याग राखिएको छ । बेला बेलामा आएर आफूले रोपेका विरुवा हेर्न संग्रहालयले अनुरोध गरेको छ।

यसैबीच अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले मूल गेट अगाडिको बाटोका लागि १२ दशमलव ४० मिटर जग्गा छाडिने संघका महासचिव कुलबहादुर गुरुङले बताएका छन् । महासचिव गुरुङले दुई हप्ताभित्रै कम्पाउन्ड भित्र सारिने बताए ।