समाचार

पूर्वसांसद ज्ञवालीको निधन

नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ । केही समयदेखि अल्सर रोगबाट पीडित ७६ वर्षिय ज्ञवालीको ललितपुर अल्का अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । २०४८ सालमा गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ज्ञवाली नेपाली कांग्रेस गुल्मीको पहिलो सभापतिसमेत हुन् । पुरा पढौ

गुण्डा नाइके दावा लामाका सहयोगी पक्राउ

गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको टोलीले सत्यमानलाई गएराति काठमाडौंको लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो । सत्यमान गण्डा नाइके दावा लामाको लखापालको रुपमा समेत काम गर्ने गर्दथे । सत्यमान लामा यसअघि पनि ठगी, गुण्डागर्दी र लागू औषध कारोबारको आरोपमा पक्राउ पर्दै आएका थिए । पछिल्लो समय २०७६ असारमा पनि लामा पक्राउ परेका थिए । त्यसअघि २०७५ असारमा पक्राउ परेका सत्यमानलाई… पुरा पढौ

अस्ट्रेलियामा नेपाली युवतीको मृत्यु

ललितपुरकी एक युवतीको अस्ट्रेलियामा मृत्यु भएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थित अनन्त इङ्लिस स्कुलबाट एसएलसी गरी बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी रमिला मर्हजनको मृत्यु भएको हो । दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महर्जनलाई ब्रेन ट्युमरको समस्या देखिएपछि उपचारका क्रममा उनको मृत्यु भएको हो । २ वर्षअघि मात्रै उनको विवाह भएको रमिलाको श्रीमान सञ्जय महर्जन पनि अस्ट्रेलियामै भएको हुदाँ उनको दाहसंस्कार सोमबार अस्ट्रेलियामै गरिएको छ । पुरा पढौ

राससकर्मी वास्तोलालाई आदित्यध्वज स्मृति पुरस्कार

राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयका समाचारदाता हरि बास्तोलालाई आदित्यध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन, राससको आइतबार बसेको बैठकले बास्तोलालाई पुरस्कृत गर्ने निर्णय गरेको संगठनका संयोजक प्रेमप्रसाद उपाध्यायले जानकारी दिएका छन् । राससको ५९ औं वार्षिकोत्सवका अवसरमा केन्द्रीय कार्यालय काठमाडौंमा हुने समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बास्तोलालाई ५ हजार ५५५ रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गर्ने कार्यक्रम… पुरा पढौ

विवाद समाधानका लागि मेलमिलाप केन्द्र : गुरुङ

पोखरा १७, १८ र २४ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले वडामा केन्द्र स्थापना गरेको हो । सबै केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् । उपप्रमुख गुरुङले विवाद समाधानको उत्तम उपाय मेलमिलाप भएको बताइन् । उनले वडा तहका विवाद मेलमिलापमार्फत समाधान गर्दा समाजमा सद्भाव कायम हुने जनाइन् । अदातली प्रक्रियामा झन्झटिलो र… पुरा पढौ

प्रधानमन्त्रीले आलोचना सुन्नै चाहदैनन् : डा.बाबुराम भट्टराई

समाजबादी विद्यार्थी युनियन पिएक क्याम्पसले गरेको समाजबादी विहानी कार्यक्रमा समाजबादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्रीले आलोचना सुन्नै नचाहने आरोप लगाएका छन् । उनले अहिलेको सरकार झुठको पुलिन्दा बनेको बताएका छन् । उनले यतिका समयपछि बनेको शक्तिशाली सरकारकै पालामा राज्य सबैभन्दा बढी अस्तव्यस्त बनेको बताए । उनले भने –‘नेपालको शिक्षा क्षेत्र राजनीतिक भागबण्डाको कारण दिनदिनै धरासायी बन्दैछ । सरकारी कलेजमा पढाउने लेक्चहरुलाई प्राइभेट कलेजतिर पिरियड भेटाउन भ्याईनभ्याई छ । म… पुरा पढौ

प्रधानमन्त्रीद्धारा सडक र पुलको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलकोे उद्घाटन गरेका छन् । आज बिहान झापा आएका प्रधानमन्त्री ओलीले सङ्घीय सरकारद्वारा निर्माण गरिएको सो सडक र पुलको उद्घाटन गरेका हुन् । ६ दशमलव २१ किमी लम्बाइको सडकको लागत रु चार करोड १६ लाख २२ हजार १५६ रहेको छ । सो सडकको निर्माण श्री रोताहा आरके जेभीले गरेको हो । त्यस्तै,… पुरा पढौ

माग पूरा नभए अनसन बस्ने भूपू गोर्खा सैनिकको चेतावनी

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पूरा नभए आमरण अनसन सुरु गर्ने चेतावनी दिएका छन्। बेलायत सरकारले समान व्यवहार नगरेको, सेवाको स्वच्छ मूल्याङकन नभएको र मानवीय व्यवहार समेत नगरेको भन्दै लामो समयदेखि संघर्षरत गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पूरा गर्न चेतावनी दिएका हुन्। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भूपू गोर्खा सैनिकहरुले समान पेन्सन सेवा, नेपालमा बेलायत सरहकै निःशुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ती,… पुरा पढौ

अखिल नेपाल महिला संघ अध्यक्षमा मीना

अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनले अध्यक्षमा मीना पुनलाई निर्वाचित गरेको छ । शुक्रबारबाट बुटवलमा भएको सम्मेलनले पुनको अध्यक्षतामा २१ पूर्ण र ६ वैकल्पिक गरी २७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो । सम्मेलनमा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले पार्टीको कार्यदिशा, अहिलेको अवस्था र नेता, कार्यकर्ताको दायित्वबारे प्रकाश पारेका थिए । सम्मेलन शनिबार सकिएको छ । सम्मेलनबाट महासचिवमा शकुन्तला राना, उपाध्यक्षत्रय लक्ष्मी बास्कोटा, सरस्वती पौडेल र पदमा पाण्डे, सचिव… पुरा पढौ

धारिलो हतियार प्रयोग गरी किशोरीको हत्या

सल्यानमा धारिलो हतियार प्रयोग गरी एक किशोरीको हत्या भएको छ। जिल्लाको त्रिवेणी गाउँपपालिका वडा नं.१, तल्लो काभ्रामा १६ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको हो । अभिभावकका अनुसार शुक्रबार राति ९ बजेसम्म कविता कोठामा एक्लै पढिरहेकी थिइन्। घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको हुन सक्ने र त्यही बेला उनको घाँटी रेटर हत्या भएको बुझिन आएको प्रहरीले जनाएको छ। कक्षा ९ मा अध्यनरत बोहोराको राति १ बजे मात्र परिवारले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं