१ लाख घुससहित ईन्जिनियर पक्राउ

बैतडीमा ईन्जिनियर १ लाख घुससहित रंगेहात अख्तियारको फन्दामा परेका छन् ।

जलश्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख समेत रहेका ईन्जिनियर सुरेशराज भट्ट घुस रकम सहित पक्राउ परेका हुन् ।

बुधवार बिहान चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घूस माग्दै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कन्चनपूरका सुचना अधिकारी तोपबहादुर बिष्टले जनाकारी दिएका छन् ।

उनलाई आजै कञ्चनपूर लगेर थप अनुसन्धान गरिने सुचना अधिकारी बिष्टले बताएका छन् ।