फागुन ६ गते २०७६

ताजा समाचार

फागुन ६ गते २०७६

पूर्वसांसद ज्ञवालीको निधन



नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ ।

केही समयदेखि अल्सर रोगबाट पीडित ७६ वर्षिय ज्ञवालीको ललितपुर अल्का अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो ।

२०४८ सालमा गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ज्ञवाली नेपाली कांग्रेस गुल्मीको पहिलो सभापतिसमेत हुन् ।