रुपन्देहीमा टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ।
लुम्बिनीको मायादेवी गाउँपालिका ४ स्थित वनकसियामा भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु १ ख ३३१४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु २ प १८७९ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा मोटरसाइकल चालक ६० वर्षीय रमेश लोधको मृत्यु भएको हो ।
मोटरसाइकललाई ठक्कर दिने टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानाएको छ ।






