दुर्घटनामा घाइते भएका मेजर सिलवालको मृत्यु

गाडी दुर्घटनामा गम्भिर घाइते भएका सेनाका मेजर इश्वर सिलवालको मृत्यु भएको छ ।

सल्यानको चोरखालमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते उनको वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाले जनाएको हो ।

सिलवाल सेनाको सबुज गणमा कार्यरत् थिए । सल्यानको कपुरकोटबाट बुटवल आउँदै गरेको सेनाको लु १ ग १२३ नम्बरको गाडी २९ माघमा दुर्घटना हुँदा जवान २९ वर्षीय यादवराज ढरेलको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका जवान रोशन हिटन, हवल्दार जयप्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठको उपचार भइरहेको छ ।