समाचार

काठमाडौं प्रेसको सामग्री हटाउनेलाई कारवाही गर्न प्रेस काउन्सिलको माग

प्रेस काउन्सिल नेपालले हालै काठमाडौँ प्रेस अनलाइन न्यूज पोर्टलको निर्माणकर्ता÷सेवा प्रदायकबाट नै अनलाइन सञ्चारमाध्यममा प्रवेश गरी कन्टेन्टसमेत हटाइएकोमा कारवाही माग गरेको छ । कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले यसमा काउन्सिलको ध्यानाकर्षण हुनुका साथै उक्त कार्य स्वतन्त्र प्रेसको मूल मर्म र भावना विपरीत भएको हुँदा सोकोे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही र आइन्दा यस प्रवृत्तिका प्रेस स्वतन्त्रताविरोधी हस्तक्षेप कहीँकतैबाट हुन नदिने व्यवस्था मिलाउन आग्रह गरेको हो । नेपाल… पुरा पढौ

डाक्टरको नक्कली परिचयपत्र बनाएर काठमाडौंबाट झापा

डाक्टरको नक्कली परिचयपत्र बनाएर कार लिएर काठमाडौँबाट झापा आइपुगेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई लकडाउन उल्लंघन गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको को । पक्राउ पर्नेमा ललितपुरका ३३ वर्षीय दिलकुमार श्रेष्ठ र काठमाडौंका २८ वर्षीय गणेश अधिकारी छन् । डाक्टरको नक्कली भेष धारण गर्दै बा ६ च ७०१९ नम्बरको कार चढेर उनीहरू काठमाडौंबाट धरान हुँदै झापाको काँकडभिट्टा आइतबार बिहान आइपुगेका थिए। उनीहरूले स्वास्थ्य शिविर चलाउन… पुरा पढौ

मुस्ताङको साङ्तेलीलाई थाहा छैन कोरोना के हो ?

विश्व व्यापी माहामारीका रुपमा फैलिरहेको नोवल कोरना भाईरस ( कोभिड–१९)ले विश्व समूदायलाई आतंकित तुल्याएको छ । उत्तरी छिमेकी देश चिनबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिका लगायत २ सय भन्दा बढी देशमा फलिएको हो । दक्षिणको छिमेकी देश भारतमा समेत कोरोनाका कारण दर्जनौ व्यक्तिले ज्यान गुमाईरहेका छन् । विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपाल कोरोनाको उच्चजोखिम भएको तथ्य सार्वजनिक गरेपछि नेपाल सरकारले पनि कोरोना रोकथाम तथा नियन्त्रण… पुरा पढौ

लकडाउन पालना नगर्नेहरु पक्राउ

आजबाट जिल्ला प्रहरी कार्यालय बागलुङले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्न थालेको छ । प्रहरीले आइतबार बिहानमात्रै ४० जनालाई पक्राउ गरेको छ । लकडाउन उलङ्घन गरी हिड्ने र सवारी चालाउनेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पुरा पढौ

पोखरा वडा ४ मा विपन्न ५५ परिवारलाइ राहत

पोखरा महानगरपालिका वडा नं ४ का विपन्न ५५ परिवारलाई राहत वितरण गरिएको छ । १५ केजी चामल, दुई केजी आलु, एक केजी दाल, एक लिटर तेल, एक केजी नुन, साबुन, बेसार लगायतका सामानको प्याकेज बनाएर प्रत्येकलाइ वितरण गरिएको वडा अध्यक्ष शंकर बास्तोलाले जानकारी दिए । बास्तोलाका अनुसार ३० परिवारलाइ तरुण दल पोखरा महानगर समितिले सहयोग गरेको थियो भने १२ परिवारलाइ लायन्स क्लब अफ पोखरा समृद्धिले सहयोग गरेको थियो । त्यसैगरी… पुरा पढौ

मुस्ताङः लक डाउनले बिक्दैन दुध

एसके थकाली जोमसोम–मुलुक ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण गर्न लक डाउन छ । मुस्ताङका पशुपालक किसानलाई लक डाउनले समस्या परेको छन् । किसानले उत्पादन गरेको दुध जोमसोममा बिकेको छैन । मुस्ताङको घरपझोङ–३ स्याङ गाउका किसान लकडाउनको घाटा सहदै छन् । जिल्लाकै नमूना कृषि गाउ स्याङमा अधिकाशले खेतीपाती र पशुपालन गरेका छन् । स्याङमा करिव ३० घरधुरीको ९० वटा बढी जर्सी गाई छ। ठिनी गाउमा पनि केही किसानले गाई पालेका… पुरा पढौ

मलामी जाने पास बनाएर गाउँ जाँदा नियन्त्रणमा

लकडाउनमा सबैजसो मानिस घरैमा छन् । यो बीचमा अत्यावश्यक सवारी र कामका लागि जिल्ला प्रशासन कार्यालय र अन्य केही निकायले पास दिएका छन् । यसरी बाँडिएका पासको चरम दुरुपयोग भएको देखिएको छ । यस्तै दुरुपयोग शनिबार भेटिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले अन्त्येष्टिमा जान भनी ग१ख ९२४७ नम्बरको बसलाई २१ गतेदेखि २४ गतेसम्मको पास दिएको थियो । यस्तो अवस्थामा पोखराबाट स्याङ्जा बसभरि मलामी जानै कुरा हुँदैन । उसो त… पुरा पढौ

विपन्नलाई थर्पु युवा क्लबको राहत

तनुहँको थर्पु युवा क्लवले म्याग्दे गाउँपालिकाको थर्पु बजार क्षेत्रमा रहेका दैनिक ज्यालादारी मजदुर तथा न्युन आय भएका परिवारका लागि राहत खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरसका कारण भइरहेको लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भोगिरहेका बजार क्षेत्रका न्युन आय भएका परिवारका लागि सहयोग गरेको हो । क्लबमा आवद्ध युवाहरुको सहयोग र सक्रियतामा भाडामा बस्ने र दैनिक ज्यालादारी तथा मजदुरी गरेर जीवन धान्न विवश कठिन अवस्थाका परिवारलाई सहयोग गरिएको क्लबका… पुरा पढौ

लकडाउन १ साता लम्ब्याउन सुझाव

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो । भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले लकडाउन अवधि पनि बढाउनुपर्ने अवस्था देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका सल्लाहकार डा। खेम कार्कीले… पुरा पढौ

पोखराको राहत कोषमा प्याब्सनको ५ लाख

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । शुक्रबारसम्ममा १४ लाख २७ हजार ७ सय ६६ रुपैयाँ संकलन भएको छ । शुक्रबार ६ लाख ६१ हजार ६ सय ६६ रुपैयाँ सहयोग प्राप्त भएको छ । बिहीबार मात्र ७ लाख ६५ हजार ६ सय ५५ सहयोग प्राप्त भएको थियो । शुक्रबार निजी विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले ५ लाख सहयोग गरेको छ । प्याब्सन कास्कीका अध्यक्ष… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं