नेपाल सरकारले लकडाउन ८ दिन थपेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
दोस्रो पटक थपिएको लकडाउनको समयअवधि मंगलबार मध्यरातसम्म थियो।चैत्र ११ गते यता लकडाउनलाई सरकारले निरन्तरता दिँदै आएको हो। कोभडि-१९ को रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य स्वय्मसेबिकलाई खटाउने, उनीहरुलाई सहजिकरण गर्ने र त्यसका लागि प्रत्येक दिन १५ सय रुपैयाँ दिने निर्णय पनि बैठक गरेको छ।
यस्तै निजी क्षेत्रका चिकित्सकलाई पनि उपचारमा खटाउने र त्यसबापत सरकारी चिकित्सकले पाउँदै आएको सेवासुविधा उनीहरुलाई दिने निर्णय पनि बैठकले गरेको छ।
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।
अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि डा। राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो ।




