पोखरा ८ नागढुंगामा रहेको फेवासिटी हस्पिटलले गण्डकी सरकारले बनाएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको छ ।
अस्पतालका अध्यक्ष चेतबहादुर गुरुङ, सञ्चालकद्वय दिनेशबाबु खड्का र सर्वजित अधिकारीले सोमबार कोषमा १ लाख १ हजारको चेक हस्तान्तरण गरेका हुन् । जिम्मेवारी नागरिकको भूमिका निर्वाह गर्दै संकटमा सघाएको सञ्चालक खड्काले बताए । उनले भने, ‘यो सहयोग सबैका लागि हो । पिपिई, अन्य सुरक्षाका सामग्री आवश्यक छन् । संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि हामी थप सचेत र सजग बन्न जरुरी छ ।’




