समाचार

बिद्युत सेवा नियमित नहुदाँ मुस्ताङीलाईलक डाउन महङ्गो

विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ( कोभिड–१९)रोकथाम तथा नियन्त्रण भन्दै सरकारले चैत्र १० गते मुलुक लक डाउन ग¥यो ।लक डाउनले मुलुक ठप्प छ । लक डाउनसंगै मुस्ताङको पर्यटन व्यवसाय सुस्ताएको छ । जिल्लाका २ सय भन्दा बढी होटल तथा रेष्टुरेन्ट पर्यटक नहुदा खाली छन । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ र कागबेनी श्राद्धस्थल समेत सुनसान बनेका छन् । यस्तै ,संघ ,प्रदेश र स्थानीय तहका पूर्वाधार विकासका काम सबै रोकिएका… पुरा पढौ

कोरोनाबाट लण्डनमा फेरि भूपू गोरखा सैनिकको मृत्यु

कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मंगलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँसराइ गरेका थिए । पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना… पुरा पढौ

अर्काे जिल्लामा जान प्रतिबन्ध

लकडाउन अवधिभर अनुमतिबिना एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध लगाइएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई परिपत्र गरी आदेश कार्यान्वयन गर्न भनेको छ । मन्त्रालयले जो जहाँ छन्, त्यही बस्न र गुजारा गर्न समस्या परे वडा कार्यालयसँग समन्वय गर्न आग्रह गरेको छ । निर्देशन नमान्नेलाई मुद्दा चलाउने सरकारी तयारी छ । पुरा पढौ

पोखरा ३० मा लकडाउन कडा

पोखरा महानगरपालिका वडा नं. ३० मा बिहीबार विहान बसेको सर्वपक्षिय बैठकले लकडाउनलाई अझ कडा बनाउने निर्णय गरेको छ । वडा नंं ३० का अध्यक्ष श्रीराम पोखरेलको अध्यक्षतामा बसेको बैठकले राहत वितरणको समिक्षा गर्दै, स्थानीयबाट लकडाउनको उल्घंन गरेको जानकारी आएको भन्दै थप कडा बनाउने निर्णय गरिएको वडा सचिव दुर्गा न्यौपानेले जानकारी दिईन । लकडाउनमा घर बाहिर ननिस्कन आग्रह गदै, वडामा माइकिङ गर्ने, सुरक्षा व्यवस्था कडा बनाउने, राहत नपुगेका ठाउँका अति विपन्न… पुरा पढौ

वडाबासीका ‘एम्बुलेन्स चालक’

कोभिड—१९ का कारण उत्पन्न परिस्थितिपछि पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पूर्णकुमार गुरुङ्गको दिनचर्या आजकल बिरामीलाई अस्पताल लैजाने, विपन्न परिवारलाई खाद्यान्न जुराउने, लकडाउन कडाई गर्न सुरक्षा निकायसँग समन्वय गर्नमै बित्छ । उनलाई यति खेर वडामा सञ्चालन हुने विकास निर्माणका योजनाको सम्झौतापछि कार्यान्वयनको अवस्थामा, समस्या आएमा समाधान, जनताका दैनिक सिफारिस, विभिन्न विवाद मिलाउने काममा व्यस्त हुनुपथ्र्यो तर कोरोनाको समस्याले त्यसका विरुद्ध महानगरले गरेका क्रियाकलापमा साथ दिने र वडामा त्यसको संक्रमण… पुरा पढौ

फोन गर्नुस्, औषधी घरै आइपुग्छ

लकडाउनका बेला बिरामीलाई सेवा दिन अमिशा फार्मेसीले फ्रि होम डेलिभरी सुरु गरेको छ । पोखराको नयाँ बजारमा रहेको फार्मेसीले सही तरिकाले, सही समयमा, सही तापक्रममा सित्तैमा घरमै औषधी पु¥याउने जनाएको छ । सञ्चालक अर्जुन गिरीले सेवाग्राही र बिरामीको सुविधालाई मध्यनजर गरी लकडाउन अवधिभर यो सेवा उपलब्ध गराउने जनाए । फ्रि डेलिभरी अहिलेलाई न्युरोड, नयाँबजारदेखि पूर्व चाउथे, पश्चिम लेकसाइड उत्तर बगर, हरिचोक र दक्षिण छोरेपाटनसम्म हुने जनाइएको छ । औषधी अर्डर… पुरा पढौ

सुनसरीमा पनि प्रहरीद्वारा कुटिए स्वास्थ्यकर्मी

धरान उपमहानगरपालिका पनि स्वास्थ्यकर्मी प्रहरीबाट कुटिएका छन् । बुधबार त्रिवि शिक्षण अस्पातलमा कार्यरत डाक्टरमाथि ड्युटी सकेर घर फर्कने क्रममा प्रहरीले कुटपिट गरेको थियो । बिहीबार धरान वडा नं. २० को विष्णुपादुका स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टे‍न्ट चन्द्रप्रकाश खनाललाई प्रहरीले कुटपिट गरेको हो। पानमारा चौकीका प्रमुख सई भेषबहादुर राउतले आफूलाई कुटेको खनालले बताए। स्वास्थ्यकर्मी भएको जानकारी गराउँदै परिचयपत्र देखाउँदा समेत प्रहरीले कुटेको उनले दाबी गरे । खनालको घाटीँ नजिक कुटेको सुम्लो… पुरा पढौ

नगरवासीको गुनासो सुन्न टोल फ्रि नम्बर ११८१

पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन । कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, लकडाउनले जोखिममा परेका समुदायको समस्या लगायत नगरवासीका हरेक गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टिम पनि बनाइएको पोखरा महानगरपालिका सूचना… पुरा पढौ

संकटमा अन्नपूर्णबासीलाई स्वास्थ्यकर्मी र जनप्रतिनिधिको साथ

संकटको समयमा झनै सक्रिय र सहयोगी भूमिकामा देखिएको छ कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका । प्रचारप्रसारमा त्यति नदेखिने यस गाउँपालिकाले आन्तरिक तयारी र व्यवस्थापनमा भने उदाहरणीय कार्य गरिरहेको पाईएको छ । न त गाउँलेलाई यतिबेला स्वास्थ्य उपचार पाईदैंन कि भन्ने डर छ, न त खान नपाएर मरिन्छ कि भन्ने पिर छ । लकडाउन भएकै दिनदेखि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली नै खटाई तत्कालै विदेशबाट आएकाहरुको पहिचान गरी सो व्यक्ति र परिवारका सदस्यलाई… पुरा पढौ

मुक्तिक्षेत्रमा लक डाउन कडाई

सरकारले नोवल कोरोना भाईरस ( कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न घोषण गरेको जारी लक डाउन अवधि १२ दिन थपेर बैशाख १५ गते सम्म पू¥याएपछि वारागुङ मुक्तिक्षेत्र–१ खिङ्गाको थोरङलापास युवाक्लवले मंगलबार देखि लक डाउनलाई थप कडा गरेको छ । कोरोना भाईरस रोकथामका लागि सरकारले लक डाउन गरेको तर, मुक्तिनाथ आउने सवारी साधनले लक डाउन उलंघन गरेकाले जोमसोम÷मुक्तिनाथ सडक बन्द गर्नु परेको क्लवका अध्यक्ष रमेश गुरुङले जानकारी दिए । उनले क्लव र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं