देशभर बन्दाबन्दी भएको १ महिना पुग्न लाग्यो । यसले सबैभन्दा बढी मार ज्याला, मजदुरी गर्नेहरुलाई परेको छ ।
अकल्पनीय मार व्यहोरिरहेका बिपन्न र मजदुरका लागि जनताको घर, आँगनकै सरकारहरु सक्रिय भइरहेका छन् । यसै क्रममा पोखरा महानगरपालिका वडा नं. ५ ले फरक र प्रभावकारी खालको योजना अघि सारेको छ ।
शुक्रबार वडामा भएको सर्वदलीय बैठकले अतिविपन्न र खाद्यसंकटमा परेका मजदुरलाइ फुड बैंक स्थापना गरी वैशाख ७ गतेबाट खाना खुवाउने निर्णय गरेको छ । वडामा ६ वटा उपकेन्द्र स्थापना गरी तयारी खाना उनीहरु बस्ने ठाउँमै पु¥याउने निर्णय भएको छ ।
बैठकले लकडाउनलाई कडाइका साथ पालना गर्ने, गराउने र कृषि, तरकारी, दुधजन्य उत्पादन, मल बीउको समस्यालाई सरोकारवाला पक्षसँग समन्वयन गरी सम्बोधन गर्ने निर्णय गरेको छ ।
बहिनी एडुकेयर फाउन्डेसन पोखरा ५ लाई ७ सय जनालाई ७ सय छाक खाना खुवाउन अनुमति दिइएको छ ।
पोखरा ५ का अध्यक्ष धनबहादुर नेपालीले स्थानीय सरकारहरुले आफ्नो निर्वाह गर्ने र संकटमा नागरिकको साथमा काम गर्ने बेला आएको बताए । पोखरा महानगरका प्रवक्तासमेत रहेका नेपालीले विश्वव्यापी महासंकटमा, अड्कल, टिप्पणीमात्र नगरी साझा दायित्व निर्वाह गर्न सबैलाई आग्रह गरेका छन् ।






