कोरोना संक्रमणबाट जोगिने रणनीति अख्तियार गर्न र अघिल्लो चरणमा राहत दिन छुट भएकालाई शीघ्र रहन दिन पोखरा २८ मा छलफल भएको छ ।
शुक्रबार वडाध्यक्ष निर्मल दियालीको अध्यक्षतामा वडाका जनप्रतिनिधि, कर्मचारी, प्रहरीसहितको बैठक भएको हो । वडा प्रवेश मार्गहरुमा कडाइ, अन्य वडा र बजारतिरबाट आउनेलाई निषेध गर्ने निर्णय कार्यान्वयन गर्न सबैलाई अनुरोध गरिएको अध्यक्ष दियालीले बताए । यसका लागि सामाजिक अभियान्ता , स्थानीय राजनीतिक पार्टीहरु, युवा क्लब, स्थानीय बुद्धिजीवी, टोली विकास समिति, आमा समूह, सामुदायिक सेवा केन्द्र लगायतसँग समन्वय गरिने उनले बताए ।
लकडाउनका कारण जीविका धान्नै कठिन भएका मजदूर र दैनिक ज्यालादारी गर्नेहरुलाई यहाँ पहिलो चरणको राहत वितरण भइसकेको छ । वडामा पहिलो चरणमा १ सय ९२ परिवारलाई राहत वितरण गरिएको थियो । १ सय ९२ परिवारमध्ये हाफ १ सय १४ परिवारले हाफ र ७८ परिवारले फुल प्याकेज पाएका थिए ।
अहिले दोस्रो चरणको राहतका लागि १ सय ३० परिवारको नामावली महानगरमा पठाइएको छ । पहिलो चरणमा राहत पाउन छुट भएकाहरुको नामावली महानगरमा पठाइएको र यथाशीघ्र दोस्रो चरणको राहत वितरण गरिने उनले प्रतिवद्धता गरे ।
अध्क्ष दियालीले विश्वव्यापी महासंकटमा व्यवसायिक धर्म, कानुन र मानवता निर्वाह गर्न खाद्यान्न तथा अत्यावश्यक वस्तु विक्री, वितरण गर्नेहरुलाई आग्रह गरेका छन् । स्थानीय बजारमा क्रित्रिम मूल्यवृद्धि भएको गुनासो आएको उल्लेख गर्दै उनले भने, ‘यस्तो संकटमा कालोबजारी, मूल्यवृद्धि नगरौं । मिलेर संकटको सामना गरौं ।’
खाद्यान्न र अत्यावश्यक वस्तुबाहेकका पसल, फर्महरु बन्द गर्न, अनावश्यक भीडभाड, होहल्ला नगर्न उनले आग्रहसमेत गरेका छन् ।






