समाचार

पोखराको कोषमा युनाइटेड क्लबको १ लाख

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । मंगलबार पोखरा अमरसिंहचोकको पोखरा युनाइटेड क्लबले एक लाख सहयोग गरेको छ । पोखरा युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ, निर्वमान अध्यक्ष सुकबहादुर गुरुङ र प्रथम उपाध्यक्ष राजु श्रेष्ठको टोलीले महानगरका प्रमुख मानबहादुर जिसीलाई १ लाखको चेक हस्तान्तरण गरेका हुन् । प्रमुख जिसीले संकटको अवस्थामा महानगरले थालेको अभियानमा क्लबले सहयोग गरेकामा धन्यवाद दिएका थिए । महानगरको कोषमा अहिले सम्म ३… पुरा पढौ

कोइराला दम्पत्तिले गरे १५ परिवारको घरभाडा मिनाहा

विश्वव्यापी महासंकटले धेरै नेपाली पनि जीवन चलाउनै समस्या हुने अवस्थामा आइपुगेका छन् । सरकारले विपन्नलाई राहत बाँडिरहेको छ भने केही मनकारीले पनि यथाशक्य सहयोग गरिरहेका छन् । लकडाउनमा बेरोजगार भएका र जीवन धान्ने मुस्किल पर्नेहरुलाई नेपालीले नै सहयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पोखरा ५ पर्स्याङका सुरेशचन्द्र कोइराला र उनकी श्रीमती ज्ञानुले १५ परिवारलाई चैत महिनाको घरभाडा मिनाहा गरिदिएका छन् । यसबाट ती परिवारलाई करिब एक लाख सहुलियत भएको… पुरा पढौ

घर देैलोमै पाए लोमान्थाङबासीले लकडाउन राहत

उत्तरी सीमावर्तीक्षेत्रमा बसोबास गर्ने अतिविपन्न ,गरिव ,असहाय तथा दैनिक ज्यादारी गरी घर गुजारा चलाउने व्यक्तिलाई लोमान्थाङ गाउपालिकाले राहत वितरण गरेको छ । साविक छोसेर ,छोनुप र लोमान्थाङ गाविसका १ सय ५१ जना व्यक्तिलाई राहत वितरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए । लोमान्थाङ गाउपालिकाले वडा –१ मा २५ जना ,वडा–२ मा २१ जना ,वडा –३ मा २५ जना ,वडा–४ मा ३२ जना र वडा –५ मा ५६… पुरा पढौ

लकडाउन नमान्नेलाई लाठी, वृद्धाको मृत्यु

सप्तरीको वीरपुरमा सोमबार लकडाउन उल्लंघन गर्नेमाथि प्रहरीले लाठी प्रहार गर्दा भएको तनावकै बीच एक वृद्धाको ज्यान गएको छ । तनावका बेला त्यहाँ पुगेकी ती महिलामाथि समेत कुटपिट भएको थियो । बिहान ११ बजे वीरपुरमा घर बाहिर निस्किएका युवालाई प्रहरीले लाठी चार्ज गरेको थियो । ६५ वर्षीया जैनव खातुनको प्रहरीको लाठी प्रहारकै कारण ज्यान गएको वडाध्यक्ष भगवतीप्रसाद चौधरीले बताए । प्रहरीले भने वृद्धा ब्लड प्रेसरले ढलेको दाबी गरेको छ । स्थानीयले… पुरा पढौ

नयाँ वर्षको पूर्वाद्धमै हटोस् कोरोना तुवालो

सदा वर्ष झै यसवर्ष पनि नेपाली नयाँ बर्षको सुरुआत भएको छ । अंग्रेजी पाश्चात्य नयाँ वर्षतीर ढल्किएको नेपाली नया समाजले नेपाल वर्षलाई पनि महत्व दिईरहेको छ । नयाँ वर्षमा नयाँ सोच,नयाँ बिचार र परिकल्पनासहित नेपालजनमा सुभकामना आदानप्रदान हुन्छ । देश समृद्धिको पाईला तर्फ अघि बढोस् ,रोक व्याधि र प्राकृतिक प्रकोप थेग्न नपरोस् यस्तै यस्तै कामना गरी गरिन्छ । नराम्रा पक्ष र हामीले झेलिरहेका पीडाहरुबाट उन्मूक्ति मिलोस र नयाँ बिचार र… पुरा पढौ

एक वर्षको तलब राहत कोष र विपन्‍नलाई

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षको तलब राहत कोषलाई दिने घोषणा गरेका छन्। उनले सोमबार सामाजिक सञ्‍जालमार्फत २ महिनाको कोभिड १९ राहत कोष र बाँकी विपन्‍न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने जनाएका छन् । राष्ट्रिय सभाका सदस्यसमेत उनले यसअघि नै संसद् विकास कोषको कुनै औचित्य नभएको भन्दै त्यसलाई तत्काल खारेज गर्न माग गरेका थिए। पुरा पढौ

कोरोना बिरुद्धको लडाईमा ओम विकास तथा देउकुमारी प्रतिष्ठानको सहयोग

मुस्ताङको ओम विकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानले आईतबार गण्डकी प्रदेशबाट संञ्चालित कोरोना राहत कोषलाई सहयोग स्वरुप ५० हजार रुपैया सहयोग गरेको छ । स्वर्गिय ओम विकास तथा देउकुमारी गौचनको १४ औ पुण्यस्मृति दिवसको अवसरमा संस्थाकी संस्थापक अध्यक्ष समेत रहेकी सवी शेरचनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पोखरामा उक्त वापत रकमको भौचरसहितको नगद चेक हस्तान्तरण गरिन् । संस्थाकी अध्यक्ष शेरचनले यसअघि प्रतिष्ठानले जिल्लाको आर्थिक ,सामाजिक र शैक्षिक विकासमा काम… पुरा पढौ

दुई लाख अस्ट्रेलियन डलरको सहयोग कोष स्थापना

कोरोना भाइरस महामारीबाट समग्र शिक्षा क्षेत्र पनि प्रभावित भएको छ । यस्तो अवस्थामा अध्ययनका लागि अस्ट्रेलिया आएका नेपाली विद्यार्थीलाई लक्षित गरी एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले सहयोग कोष स्थापना गरेको छ । फाउन्डेसनले विभिन्न सरकारी एवं गैरसरकारी निकाय, शैक्षिक संस्था, र सामुदायिक संघ संस्थासँग नियमित सम्पर्क र सम्वादको माध्यमबाट समस्याको पहिचान र यसको समुचित ब्यबस्थापनका लागि पहल गरिरहेको जनाएको छ । अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीलाई पर्न सक्ने समस्यामा सहयोग पुर्याउने… पुरा पढौ

मुस्ताङको घरपझोङमा राहत वितरण

मुस्ताङको घरपझोङ गाउपालिकाले शनिवार देखि पालिका भित्र काम गर्ने मजदुरलाई राहत बाड्न सुरु गरेको छ । लामो समय देखि लक डाउनले थला परेका दैनिक ज्यालादारी गर्ने १ सय ७९ जना मजदुर ,विपन्न र असहाय व्यक्तिलाई पालिकाले राहत वितरण गरेको राहत वितरण संयोजक सकलदेव शर्माले जानकारी दिए । पालिकाले आईतबार ,छैरो–चिमाङ ,मार्फा ,स्याङमा राहत वितरण ग¥यो भने आईतबार जोमसोम र ठिनीमा राहत वितरण गरेको छ । पालिकाले करिव ४ लाख मुल्य… पुरा पढौ

पोखरा ३१ मा राहत वितरण

पोखरा ३१ बेगनासतालमा शनिबार १ सय २५ जना बिपन्न र दैनिक ज्यालादरीमा काम गर्ने मजदुरलार्इ राहत बितरण गरिएको छ । वडाले केही दिनअघि पनि वडाका विभिन्न ठाउँमा ८ वटा क्लष्टर बनाएर राहत वितरण गरेको वडाध्यक्ष कमल थापाले जानकारी दिए । उनले वडा सदस्य, टोल विकास समिति, सबै राजनीति पार्टीका प्रतिनिधि र स्थानीय अगुवाहरुसँग समन्वय गरी राहत पाउनेको नाम संकलन गरेको जनाए । यसअघिको सिफारिसमा १ सय २० जना मजदुर छुटेकाले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं