अर्काे जिल्लामा जान प्रतिबन्ध

लकडाउन अवधिभर अनुमतिबिना एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध लगाइएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई परिपत्र गरी आदेश कार्यान्वयन गर्न भनेको छ ।

मन्त्रालयले जो जहाँ छन्, त्यही बस्न र गुजारा गर्न समस्या परे वडा कार्यालयसँग समन्वय गर्न आग्रह गरेको छ । निर्देशन नमान्नेलाई मुद्दा चलाउने सरकारी तयारी छ ।