पोखरा महानगरपालिका वडा नं. ३० मा बिहीबार विहान बसेको सर्वपक्षिय बैठकले लकडाउनलाई अझ कडा बनाउने निर्णय गरेको छ ।
वडा नंं ३० का अध्यक्ष श्रीराम पोखरेलको अध्यक्षतामा बसेको बैठकले राहत वितरणको समिक्षा गर्दै, स्थानीयबाट लकडाउनको उल्घंन गरेको जानकारी आएको भन्दै थप कडा बनाउने निर्णय गरिएको वडा सचिव दुर्गा न्यौपानेले जानकारी दिईन । लकडाउनमा घर बाहिर ननिस्कन आग्रह गदै, वडामा माइकिङ गर्ने, सुरक्षा व्यवस्था कडा बनाउने, राहत नपुगेका ठाउँका अति विपन्न परिवारको लगत संकलन गने, लगायतका क्रियाकलाप गरिने पनि सचिव न्यौपानेले बताईन ।
सर्वपक्षिय बैठकमा जनप्रतिनिधि, टोल विकास संस्था, विभिन्न क्लव, महिला समूह, सुरक्षा निकायका प्रतिनिधिहरु को सहभागिता रहेको थियो ।
राहत बितरण प्रभावकारी र सहज ढंगले भएको समिक्षा गर्दै, महानगरबाट प्राप्त राहत ४ सय ७१ जना बिपन्न परिवारमा पुर्याईएको र लायन्स क्लव अफ लेखनाथले २४ र वडा नं. ३० निवासी शिवप्रसाद न्यौपानेले १ सय ७५ जनालाई राहत बितरण गरेको बिबरण प्राप्त भएको सचिव न्यौपानेले जानकारी दिईन । राहत बितरणमा सहयोग गर्ने राजनितिक दलका स्थानीय नेता तथा कार्यकर्ता, टोल बिकास संस्थाका प्रतिनिधि, महिला समूह, युवा क्लव, नागरिक समाजका अगुवा, सुरक्षाकमी एवं कर्मचारीहरुलाई धन्यवाद ज्ञापन पनि बैठकले गरेको छ ।
वडावासीलाई लकडाउन अवधिभर घरबाहिर ननिस्कन, विदेशबाट आएकाहरु अनिवार्य क्वारिन्टाइनमा बस्न, कोभिड १९ का लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा खवर गर्न र वडामा अप्ठ्यारो अवस्थामा रहेकालाई उद्धार तथा सहयोग गर्न वडा कार्यालय तयार रहेको बताईएको छ ।






