खानै नपाउनेलाई तत्काल राहत, विदेशबाट आएकाको आरडिटी जाँच

पोखरा महानगरपालिका वडा नं. १७ महासंकटमा नागरिकलाई नजिकको सरकारको प्रत्याभूति दिन लागिपरेको छ । वडाले पोखरा महानगरको नीति बमोजिम वडाका बासिन्दा वा अन्यत्रबाट आई वडामा बसोबास गर्नेहरु भोकै हुने अवस्था आएमा तत्काल राहत दिइने जनाएको छ ।

वडाध्यक्ष तीर्थराज अधिकारीले खानै नपाउने अवस्था आए कमसेकम १ दिनअघि जानकारी दिन आग्रह गर्दै त्यस्ता नागरिकलाई उनीहरु बसेकै ठाउँमा राहत दिने प्रतिवद्धता गरे । यसका लागि जनप्रतिनिधि वा महानगरको टोल फ्रि नम्बर ११८१ मा जानकारी दिनुपर्ने छ ।

टोल विकास संस्थाहरुसँगको समन्वयमा विदेशबाट वडामा हालै आएकाहरुको तथ्यांक संकलन भइरहेको छ । अध्यक्ष अधिकारीले चैत महिनामा वडामा आएकाको तथ्यांक संकलन भइसकेको र छुटपुट भएमा वा थप कोही आएमा जानकारी दिन आग्रह गरे ।

पोखरा १७ मा बिहीबार ८ जनाको आरडिटी जाँच गरिएको छ भने सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अध्यक्ष अधिकारीले भने, ‘चैत महिना सुरु भएपछि आएकाहरुलाई होम क्वारेन्टाइनमा राख्न र परीक्षणका लागि सहयोग गर्न राजनीतिक दल, रेडक्रस, टोल विकास संस्था, आमा समूह, संघ, संस्था लगायतसँग अनुरोध गर्दछु ।’ बिहीबार धेरै प्रचार गर्न पनि भ्याइएको र मानिसहरु डराएकाले कम परीक्षण भएको उनको भनाइ छ । वडामा फेरि अर्काे पटक पनि आरडिटी जाँच गरिने उनले जनाए ।

पोखरा १७ की वडा सदस्य एवं कार्यपालिका सदस्य राधिकाकुमारी शाही योगीले पहिलो चरणको राहत महानगरको मापदण्ड अनुसार वितरण भइसकेको र लकडाउन थपिए थप राहत आवश्यक हुने बताइन् । उनले वडा आर्थिक कारोबार र दैनिक उपभोग्य सामानको उपलब्धतामा ध्यान दिनुपर्ने देखिएको सुनाइन् ।

योगीले भनिन्, ‘दैनिक उपभोग्य सामानको आपूर्ति सहज बनाउनुपर्ने देखिएको छ भने वित्तीय संस्थाहरु दिनमा कमसेकम १ घन्टा भए पनि खोल्नुपर्ने आवस्था आएको छ ।’ उनले विदेशबाट आएकालाई होम क्वारेन्टाइनमै बस्ने व्यवस्थाका लागि टोल टोलमा समन्वय भइरहेको र परीक्षणसमेत सुरु भएको जनाइन् ।

केही नगर्दा पनि राजनीति पूर्वाग्रह राखेर कुप्रचार गर्नु खेदजनक छ । यो महासंकटको सबै मिलेर मुकाबिला गरौं । राजनीति, स्वच्छ प्रतिश्पर्धा संकट सकिएपछि गरौंला ।’

लकडाउनमा पनि अत्यावश्यक सेवाका लागि वडाका कर्मचारीलाई आलोपालो गरी खटाइएको छ । पहिलो चरणमा मागभन्दा निकै कम राहत आएपछि आवश्यकताको आधारमा वडाका सबै राजनीतिक दल, टोल विकास संस्था, सामाजिक अभियन्ता, जनप्रतिनिधि, रेडक्रसकर्मी लगायतसँग छलफल गरी वितरण गरिएको अध्यक्ष अधिकारीले बताए ।

वडावासीलाई अभिभावकत्व प्रदान गर्न र भोकै हुने अवस्था आउन नदिन आफूहरु दिनरात खटेको अधिकारीको भनाइ छ । विश्वव्यापी महासंकटमा जनताको सेवामा खटिँदा पनि राहतमै राजनीतिक पूर्वाग्रह राखेर वडाको वेइज्जत गर्न खोजिएको भन्दै उनले दुःख व्यक्त गरे । अधिकारीले भने, ‘हामीले कुनै अनियमितता गरेका छैनौं । केही नगर्दा पनि राजनीति पूर्वाग्रह राखेर कुप्रचार गर्नु खेदजनक छ । यो महासंकटको सबै मिलेर मुकाबिला गरौं । राजनीति, स्वच्छ प्रतिश्पर्धा संकट सकिएपछि गरौंला ।’

वडामा विदेशबाट आएकाको जानकारी दिन सम्पर्क व्यक्ति

१. क्षेत्र नं १ शान्ता देवी गुरुङ : ९८४६२२०३४३
२. क्षेत्र नं २ र ३ राधिका शाही योगी : ९८५६००३०४०
३. क्षेत्र नं ४ र ५ वैकुन्ठ भन्डारी :९८४६०२६३७०
४. क्षेत्र नं ६ तारा सेवा : ९८०४१ ७२७९५
थप जानकारी
१. वडा अध्यक्ष : तिर्थराज अधिकारी : ९८५६००३०४०/२०४८९
२. वडा सचिव : ईस्वरीप्रसाद पोख्रेल :९८५६०२३६७९,
३. शहरी स्वास्थ : निर्मला अर्याल : ९८४६०९०८०५,
४. प्रहरी चौकी छोरपाटन :९८५७०५१११०

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।