समाचार

१३ दिनभित्र संसद बैठक बोलाउन आदेश

सर्वोच्च अदालतले संसद विघटनको कदम बदर गर्दै संसद पुनःस्थापना गरेको छ । साथै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश समेत गरेको छ । योसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ । पुरा पढौ

रवि लामिछानेले नयाँ टिभी खोले

सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल खोलेका छन् ‘ग्यालेक्सी फोरके’ नाम रहेको च्यानलमा लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले उल्लेख गरे । टिभीले जनताका आवाज र मनोरञ्जनात्मक कार्यक्रममा जोड दिने बताए । ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लालमोहर लगायतका कार्यक्रम प्रशारण हुने लामिछानेले जानकारी दिए । पुरा पढौ

जनप्रियमा ट्रेकिङ गाइड तालिम

जनप्रिय बहुमुखी क्याम्पस र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजना एवम् माछापुच्छ«े मोडेल ट्रेकको व्यवस्थापनमा स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन विषय (बिएमटिएम) का विद्यार्थीलाई एक महिने ट्रेकिङ गाइड सम्बन्धी तालिम सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले बिएमटिएम क्याम्पसको पहिचान भएकाले व्यवहारिक तालिकमलाई व्यवसायिक जीवनमा लागु गर्न अनुरोध गरे । पर्यटन प्रवद्र्धनका लागि राज्यले गर्नुपर्ने काम समुदायस्तरको क्याम्पसले सञ्चालन गर्नु गौरव भएको गिरीले बताए ।… पुरा पढौ

म्याग्दीबाट पोखरा जाँदै गरेको जीप दुर्घटना

पर्वत जिल्लाको मोदी गाउँपालिका–५ अम्बोटस्थित पोखरा–बागलुङ सडकखण्डमा म्याग्दीबाट पोखरातर्फ जाँदै गरेको ग३च १०९ नंको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । दुर्घटनामा परी म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ६५ वर्षीय भीमबहादुर पुन, सोही स्थानका ३० वर्षीय विशाल गर्बुजा र ३० वर्षीय ताराबहादुर गर्बुजा घाइते भएका हुन् । जीपमा चार जना सवार रहेकामा एक सकुशल रहेको र घाइतेको उपचारका लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।… पुरा पढौ

अध्यक्षले हटाएकी उपाध्यक्षको पुनर्बहाली

उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेशबमोजिम मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पुनर्बहाली गरेकी छन्। लिखित राजीनामा दिएको भन्दै गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गत पुस १७ गते उक्त राजीनामालाई स्वीकृत गरेका थिए। उपाध्यक्ष विष्ट तत्कालीन नेकपा एमालेका तर्फबाट विसं २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी आफूलाई राजनीतिक प्रतिशोध राखी अवैधरुपमा लेखिएको राजीनामालाई स्वीकृत गरी तत्काल… पुरा पढौ

मुस्ताङमा कोभिड भ्याक्सिन लगाउनेको संख्या ५२३ पुग्यो

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा हालसम्म ५२३ जना व्यक्तिले कोभिड —१९ बिरुद्धको भ्याक्सिन लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।जसमा पुरुष ४१४ र महिलाको संख्या १०९ महिला छन् ।आईतबार २१ ज्ना पुरुष र ९ जना महिला गरी ३० जनाले कोभिड—१९ बिरुद्धको भ्याक्सिन लगाएको स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । उनका अनुसार कोभिड भ्याक्सिन लगाउने कार्यको प्रगती८७ दशमल.७५ प्रतिशत रहेको छ ।स्वास्थ्य मन्त्रालयको कार्यतालिका बमोजिम मुस्ताङमा जिससका जनप्रतिनिधि तथा कर्मचारी ,स्थानीय… पुरा पढौ

गण्डकी अटोमेकानिकल वक्र्स एसोसिएसनमा मिश्र

गण्डकी अटोमेकानिकलवक्र्स एसोसियसनको १३औं अधिवेशनले सन्तोष मिश्रको अध्यक्षतामा निर्बिरोध कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्ष पुरुषोत्तम सुवेदी,उपाध्यक्ष कृष्ण बहादुर खाँण,महासचिव योगेन्द्र राज भण्डारी, सचिवमा विष्णुप्रसाद अधिकारी, कोषाध्यक्षअजुन प्रसाद उप्रेती, सहकोषाध्यक्ष सोमबहादुर गुरुङ्ग चयन भएका छन्। सो समिति सदस्यहरुमा सन्तोष कुमार राउतकुर्मी,भीमप्रसाद पौडेल,निहालअन्सारी, जीजीधन बैठा, नरेशकुमार कुर्मी,हिमालतिमल्सिना,लिलाबहादुर सुनार,विजेन्द्र चौधरी, उपसमिति संयोजकहरुमामुक्तिकुमार अर्याल, हुमराज भण्डारी, जयप्रकाशशर्मा, ताजउधीनखान रहेका छन् । सो साधारण सभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष… पुरा पढौ

प्रचण्ड–माधवलाई महासचिव छान्न हम्मे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहमा दोस्रो तहका नेता महासचिवका आकांक्षी हुँदा कसलाई बनाउने भन्ने सकस परेको छ । प्रतिनिधि सभा विघटनसँगै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा माधवकुमार नेपाल चयन गर्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष र संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै रिक्त अध्यक्ष पदमा नेपाललाई नियुक्त गरिएको हो । संसदीय दल नेतामा पुष्पकमल दाहाललाई चयन गर्ने निर्णयसमेत गरिसकेको दाहाल–नेपाल समूहले महासचिव भने… पुरा पढौ

हाम्रो रचनात्मक गार्मेन्टमा कल्पना

हाम्रो रचनात्मक गार्मेन्टको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले कल्पना क्षेत्री भुवाजीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । गार्मेन्टको उपाध्यक्षमा अञ्जली खत्री, सचिव इन्दिरा पराजुली, कोषाध्यक्ष लक्ष्मी केसी, सहसचिव सावित्री कोइराला र सहकोषाध्यक्षमा मिरा केसी छन् । गार्मेन्टका सदस्यमा विमला आचार्य, सोनिला कार्की, मिरा पराजुली, लक्ष्मी पराजुली, उषा थापा (पार्वती), जानुका थापा, मिरा गौतम, तारा जमरकट्टेल, मिना मल्ल छन् । निवर्तमान अध्यक्ष राधिका आचार्य अधिकारी पदेन सदस्य छिन्… पुरा पढौ

सुनचाँदी व्यवसायी संघ कास्कीमा पदस्थापना

सुनचाँदी व्यवसायी संघ कास्कीको तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापना गरिएको छ । अधिवेशनबाट अध्यक्ष राजेशमान बुद्धाचार्य, उपाध्यक्ष भविन्द्र बिश्वकर्मा, उपाध्यक्ष दीपक घिमिरे, महासचिव तारा गौतम, सचिव कमलमान सुनार, कोषाध्यक्ष सोभितमान बुद्धाचार्य, सहकोषाध्यक्ष मंगलराज साक्य, सहसचिव सीता पन्थी र महिला सदस्य अन्जिता लोहनी(दियाली) निर्वाचित भएका थिए । संघका सदस्यमा महेन्द्र विश्वकर्मा, गणेश सेञ्चुरी, दुर्गा सुनार, टेकनारायण शाक्य, नितिन बज्राचार्य, नरकुमार सुनार(शिव), राजकुमार बि घिमिरे (कमल), राजेन्द्रबहादुर सुनार, जीवन सुनार, भीमबहादुर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं