समाचार

मुस्ताङ अस्पतालमा विपत् उद्दार तथा व्यवस्थापन डिमो

जोमसोम—मुस्ताङ जिल्ला अस्पतालले शनिबार पहिलो पटक विपत् उद्दार तथा व्यवस्थापन डिमो प्रर्दशन गरेको छ । जिल्ला अस्पतालको संयोजन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा अस्पतालले विपत् डिमो शो देखाएको अस्पतालले जनाएको छ । धर्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा संम्भावित विपत्का विभिन्न घटनाहरु घट्ने गरेपनि जिल्ला अस्पताल जोमसोमले भने मुस्ताङमा भई परिआउने संम्भावित सवारी दुर्घटना र घाईतेहरुलाई कसरी उपचारमा सहयोग गर्ने भन्नेबारे नाटकीय डिमो शो देखाईएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष… पुरा पढौ

सडक बालबालिकाको अवस्था बुझ्दै बालबालिका मन्त्री

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले बालहितकारी परियोजना नेपाल पोखराको कार्यलयको अनुगमन तथा कार्यक्रम निरीक्षण गरेकी छन् । महतोले संस्थाको तर्फबाट गरिएका कार्यक्रमको जानकारी लिनुको साथै आगामी लिनमा पनि बालबालिकाहरुको संरक्षण, उद्दार र पूर्नस्थापनाका कार्यमा सहयोगगर्दै जाने प्रतिबद्धता गरिन् । उनले संस्थाको आकस्मिक उद्दार, सामाजिकीरण र आश्रय स्थलको समेत जानकारी लिइन् । कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका बालबिकास शाखा… पुरा पढौ

विद्रोही नेकपामाथि प्रतिबन्ध हट्यो, भोलिसम्म हिरासतका नेता, कार्यकता छाडिने

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार साँझको मन्त्रिपरिषदको बैठकले प्रतिबन्ध हटाउँदै देशभर हिरासतमा रहेका विप्लवका नेता, कार्यकर्ता रिहा गर्न सर्कुलर जारी गरेको एक मन्त्रीले जानकारी दिए । गृह मन्त्रालयले बुधवार साँझ सबै प्रमुख जिल्ला अधिकारीलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको छ । प्रमुख जिल्ला अधिकारीको आदेशमा म्याद थप गरिएका विप्लव समूहका १८ कार्यकर्ता प्रहरीको हिरासतमा छन् । पुर्पक्षका लागि रहेकाहरुको सम्बन्धमा… पुरा पढौ

बालुवाटारमा सरकार र विप्लवबीच वार्ता सुरु

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच औपचारिक वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र विप्लव समूहबीच भर्खरै वार्ता सुरु भएको स्रोतले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई सदस्य रहेको वार्ताटोल र विप्लव नेकपाको खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा उदय चलाउने सदस्य रहेको वार्ताटोली वालुवाटार प्रवेश गरिसकेका छन् । पुरा पढौ

मुस्ताङका सांसदले भने ‘ केन्द्रिय सदस्य बन्न योगदानले पुग्दैन’

मुस्ताङबाट निर्वाचित प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकालीले आफु केन्द्रिय सदस्य बन्नका लागि योगदान नपुग्ने स्पष्ट पारेका छन् । मंगलबार घरपझोङ गाउपालिकाको आधिकारिक फेसबुक पेजमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय सदस्य मनोनयन भएको भन्दै फोटोसहित बधाई सन्देश पोष्ट गरेपछि प्रदेश सभा सदस्य थकालीले त्यसको कमेन्ट मार्फत खण्डन गरेका हुन् । सभासद थकालीले गाउपालिकाको मुस्ताङ खबर पेजको कमेन्टमा लेखेका छन् ‘हामी दुईभाई हाम्रो पार्टीको दुबै खेमाको कुनै पनि कार्यक्रममा भाग नलिएको र… पुरा पढौ

पोखरा नर्सिङ क्याम्पस ३९ वर्षमा

पोखरा नर्सिङ क्याम्पस पोखराले ३८ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा विद्यार्थी मुखपत्र र क्याम्पसको प्रोस्पेक्टस लोकर्पण गरियो । क्याम्पस प्रमुख प्राध्यापक नीता ताम्राकारले क्याम्पसको समृद्धि र विकास तथा क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायनमा लैजानका लागि सबैको सहकार्यबाट सम्भव हुने बताइन् । २०३९ सालमा ४० विद्यार्थीबाट सुरु भएको यो क्याम्पसमा अहिले प्रमाणपत्रदेखि स्नातकोत्तरसम्म अध्यापन हुन्छ । समारोहमा उपप्राध्यापक कमला घर्ती र आर्थिक उपनियन्त्रक पुष्पराज पौड्यालनगदसहित सम्मानित भए ।कार्यक्रममा क्याम्पसका बिभिन्न… पुरा पढौ

उपकुलपति प्राडा थापाको बिदाइ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाको कार्यकाल सकिएको छ । ४ वर्षे कार्यकाल पूरा गरेका थापालाई प्रतिष्ठानले सोमबार एक कार्यक्रम गरी बिदाइ गरेको हो । उपकुलपति थापाले अनुसन्धान र अध्यापन दुवै क्षेत्रमा काम भएकाले आफ्नो कार्यक्रम सफल भएको बताए । उनले भने, ‘केही पूर्वाधार नभएको अवस्थामा आएर अनुसन्धान र पढाइ दुवै सुरु गर्न सफल भएका छौं । म मेरो कार्यकाललाई सफल मान्छु ।’ सरकारले सोमबारै पोखरा स्वास्थ्य विज्ञान… पुरा पढौ

खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सव

नेपाल खानेपानी संस्थानले ३२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव मनाउने क्रममा नेपाल खानेपानी संस्थान पोखरा शाखा र हेमजा शाखाले पोखरामा रमाइलो कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । पोखरा शाखाका कार्यालय प्रमुख इन्जिनियर आशीष कार्कीको अध्यक्षतामा भएको सभामा हेमजा शाखाका कार्यालय प्रमुख दिनेश्वरप्रसाद यादवले स्वागत गरेका थिए । संस्थान प्राङगणमा भएको कार्यक्रममा घैटो फुटाउने, गोलाप्रथाद्वारा कर्मचारीलाई पुरस्कृत गरिने लगायत कार्यक्रम भएको पोखरा शाखाका प्रशासन प्रम्ुख आनन्दप्रसाद रेग्मीले जानकारी दिए । कर्मचारी… पुरा पढौ

प्राडा बुद्धिलाई तनहुँ रत्न पुरस्कार

तनहुँ रत्न पुरस्कारबाट पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई सम्मान गरिएको छ । तनहुँ सम्पर्क समाज पोखराको १९ औं स्थापना दिवसको अवसरमा बिहीबार थापालाई ताम्रपत्र, नगद १० हजार र दोसल्लासहित सम्मान गरिएको हो । समाजका पूर्व अध्यक्ष शिवराज पौडेलको संयोजकत्वमा उपाध्यक्ष भुवन पराजुली काफ्ले र सदस्य भीम रानाभाट रहेको पुरस्कार छनौट समितिले थापालाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । उपकुलपति थापाले समाजको सम्मानले सामाजिक कार्यमा हौसला बढाएको बताए… पुरा पढौ

पोखरा महानगरमा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा ढकाल

पोखरा महानगरपालिकाले महानगर प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । मेयर मानबहादुर जिसीले प्रतिष्ठानमा कुलपति पद्यराज ढकालसहित ७ सदस्य बुधबार नियुक्त गरेका हुन् । प्रतिष्ठानका सदस्यमा कृष्ण भण्डारी, प्रकाश ज्ञवाली, जीवन दाहाल, मिलन शेरचन, सरस्वती श्रेष्ठ ‘सरु’ र दिलीप गायक छन् । उपकुलपति र २ जना सदस्य चयन हुन बाँकी छ । पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल संयोजकत्वमा गठित सिफारिस समितिले असोज १८ गते ११ जनाको नाम प्रतिष्ठानका लागि सिफारिस… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं