सडक बालबालिकाको अवस्था बुझ्दै बालबालिका मन्त्री

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले बालहितकारी परियोजना नेपाल पोखराको कार्यलयको अनुगमन तथा कार्यक्रम निरीक्षण गरेकी छन् ।

महतोले संस्थाको तर्फबाट गरिएका कार्यक्रमको जानकारी लिनुको साथै आगामी लिनमा पनि बालबालिकाहरुको संरक्षण, उद्दार र पूर्नस्थापनाका कार्यमा सहयोग
गर्दै जाने प्रतिबद्धता गरिन् । उनले संस्थाको आकस्मिक उद्दार, सामाजिकीरण र आश्रय स्थलको समेत जानकारी लिइन् ।

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका बालबिकास शाखा उपसचिव शान्ति ाज
प्रसाईले संस्थाले बालबालिकाका क्षेत्रमा संस्थाले पु¥याएको योगदानको प्रशंसा गरे ।

संस्थाका कार्यक्रम निर्देशक ठाकुरप्रसाद चापागाँईले सँस्थाले विगत २३ वर्षदेखि गरेका काम र हाल संस्थामा संचालित कार्यक्रमको बारेमा जानकारी गराए ।

संस्थाका अध्यक्ष गोविन्दराज पहारीले संघीय सरकारका मन्त्री लगायतको टिमले संस्था भ्रमण, अनुगमन गर्दै सडकमा आश्रित बालबालिकाहरुको उद्दार, संरक्षण र पूर्नस्थापनामा मन्त्रालय र बाल अधिकार परिषद्सँग सहकार्य गर्न पाउनु गर्वको कुरा भएको बताए ।