बालुवाटारमा सरकार र विप्लवबीच वार्ता सुरु

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच औपचारिक वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र विप्लव समूहबीच भर्खरै वार्ता सुरु भएको स्रोतले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई सदस्य रहेको वार्ताटोल र विप्लव नेकपाको खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा उदय चलाउने सदस्य रहेको वार्ताटोली वालुवाटार प्रवेश गरिसकेका छन् ।