अनलाइन पत्रकार संघ गण्डकीमा कमल

अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको अध्यक्षमा कमल सुवेदी सर्वसम्मत भएका छन् । सुवेदी गन्थन डटकमका प्रबन्ध निर्देशक हुन् ।

शुक्रबार भएको संघको साधारणसभा तथा प्रथम अधिवेशनबाट सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनिएको हो ।
संघको उपाध्यक्ष सरिता तिमिल्सिना, सचिव सन्तोष बस्याल, कोषाध्यक्ष अनिता घिमिरे र सदस्यमा सुरज थापा, शिव न्यौपाने, जैनब खातुन, राजु गिरी र अर्जुन थापा छन् ।

नवनिर्वाचित अध्यक्ष सुवेदीले आफ्नो नेतृत्वको टिमले अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्दा आइपर्ने अप्ठेरा हटाउन सहजीकरणसहित व्यवस्थित, सन्तुलित र जिम्मेवार बनाउन पहल गर्ने प्रतिवद्धता जनाए ।