समाचार

कोभिडले रोकिएका त्रिविका परीक्षा सुरु

कोभिड महामारीले रोकिएका परीक्षा त्रिभुवन विश्वविद्यालयले आजदेखि सुरु गरेको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आइतबारदेखि सुरु गरेको हो । आइतबार बीए, बीएड र बीएससीतर्फका चार वर्षे÷तीन वर्षे परीक्षा शुरु गरिएको भने भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुने परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । त्रिविले भौतिक रुपमा नै परीक्षा सञ्चालन गर्न यसअघि अनलाइन माध्यमबाट सर्वे गरेको थियो । कोभिडका कारण… पुरा पढौ

अभियान युवा क्लबको अध्यक्षमा राजु

पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको अभियान युवा क्लवको अध्यक्षमा राजु गिरी चयन भएका छन् । शनिबार भएको क्लवको १२ औं साधारण सभा तथा चौथो अधिवेशनबाट गिरी अध्यक्षमा चयन भएका हुन् । अधिवेशनले उपाध्यक्षमा मुक्ति बिजुक्छे, सचिवमा मुक्त गिरी, कोषाध्यक्षमा विक्रम थापा, सहसचिवमा जिवन आचार्य, सहकोषाध्यक्षमा अमृत गुरुङ चयन भए । त्यस्तै कार्यसमिति सदस्यमा जय गुरुङ, राजेन्द्र खत्री, रमेश जिसी, द्रवेश बोहोरा, अशोक थापा, निर्दोषजंग थापा र विश्व बास्तोला… पुरा पढौ

पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्छौँ महेश बस्नेत

एमाले नेता महेश बस्नेतले एमालेविरुद्ध लाग्ने बुद्धिजीवीलाई साइबर सेनासँग मिलेर ठेगान लगाउने चेतावनी दिएका छन् । शनिबार युथफोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बुद्धिजीवीविरुद्धको संगठन होइन, बुद्धिजीवीको नाममा कुनै पार्टीको प्रतिनिधि बनेर हाम्रो पार्टीविरुद्ध बिष ओकल्नेलाई युथ फोर्सले साइबर सेनासँग मिलेर बौद्धिक अराजकतावादीहरुलाई ठिक ठाउँमा राख्ने छ ।’ उनले युथ फोर्स कुनै अदालतविरुद्ध खोलिएको संगठन नभएको समेत बताए । बस्नेतले युथफोर्स माधव नेपालविरुद्ध नभई माधव नेपाल प्रवृत्तिविरुद्ध… पुरा पढौ

ड्राइभिङ स्कुलले मागे प्रशिक्षकलाई खोप

ड्राइभिङ स्कुल संघ गण्डकी प्रदेशले आफ्ना प्रशिक्षकलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङलाई भेटी संघ यस्तो आग्रह गरेको हो । संघको तर्फबाट केन्द्रीय महासचिव उमेश सिके, प्रदेश अध्यक्ष वसन्त भट्टचन, पूर्वअध्यक्ष तुलाबहादुर ठकुरी, विष्णु पोखरेल, रामचन्द्र पौडेल लगायतले यस्तो माग गरेका हुन् । मन्त्री अधिकारीले प्राथमिकताको क्षेत्र र्निधारण भएको उल्लेख गर्दै ड्राइभिङ क्षेत्र पनि संवेदनशील भएको बताइन् ।… पुरा पढौ

किसानलाई क्रेडिट कार्ड

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई कृषक क्रेडिटकार्ड वितरण गरेको छ । गाउँपालिकाले किसानलाई सहज तरिकाले लगानी गर्न सस्तो ब्याजदरमा सो कार्यक्रम ल्याएको हो । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले महिलालाई ३.५६ प्रतिशत र पुरुषलाई ४.५६ प्रतिशत ब्याजदरमा ५ वर्षका लागि कर्जा प्रवाह गरेको जानकारी दिए । हालसम्म २५ जनालाई वितरण गरिएको कार्ड पालिकाका विपन्न वर्गको पहँुचमा स्वरोजगार निर्माण गर्न उक्त कार्यक्रम प्रभावकारी हुने अध्यक्ष हुमागाईंको भनाइ छ । ती कृषक जसले धितो… पुरा पढौ

कोरोना खोप लगाएको वृद्धको मृत्यु

कोभिड १९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका धादिङका एक वृद्धको मृत्यु भएको छ । उनको मृत्युको कारण एकीन हुन बाँकी छ । धादिङको निलकण्ठ नगरपालिका ६ का ७८ वर्षीय वृद्धको खोप लगाएको पौने तीन घण्टामा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा भुवन पौडेलले शुक्रबार विहान साढे ११ बजे तिर खोप लगाएका वृद्धको मृत्यु भएको जानकारी दिए । खोप लगाएको एक घण्टापछि उनी बेहोस भएका… पुरा पढौ

ओलीलाई केसीको व्यंग्य : तिघ्रामा जमेको पिप निचोरेर फाल्नुपर्‍यो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरुले संविधानमा रहेको संघीयताबारे विमति जनाएको भए पनि संविधानमा संघीयता मात्र नभएर अन्य धेरै कुराहरु रहेको र त्यसलाई आफूहरुले स्वीकार गरेको बताएका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रको आयोजनामा तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष केसीले संविधानमा धारा ७६ ९५० को व्यवस्था नगरेको भए नेपाली जनताले यतिबेला कोरोनाको खोप लगाउन नपाउने बताए। खोप मागिरहेका नेपालीलाई सरकार प्रमुख र राष्ट्रप्रमुखले मतपत्र दिन खोजेको उनले बताउ… पुरा पढौ

गण्डकी सरकारले पूर्णता पायो

गठन भएको डेढ महिनापछि गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार थप ६ जना मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सरकारलाई पूर्णता दिएका हुन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराएकी हुन् । काँग्रेसबाट कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री भएका छन्। कांग्रेसबाट मणिभन्द्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन्। कांग्रेसका मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री… पुरा पढौ

गण्डकी प्रदेश योजना आयोगमा माया

गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्यमा माया तिम्सिना नियुक्त भएकी छन् । तिमिल्सिनाको नियुक्तिसँगै आयोगले पूर्णता पाएको छ । नवनियुक्त सदस्य तिमिल्सिनालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले पद तथा गोपनीयताको सपथ गराए । उक्त अवसरमा मन्त्रीहरु कुमार खड्का, हरिशरण आचार्य, प्रदेश सभा सदस्य ओमकला मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, प्रमुख सचिव डा.दामोदर रेग्मी सहभागी थिए । सपथपछि मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिका लागि अनुभव प्रयोग… पुरा पढौ

बागलुङमा सन्देशमुलक प्लेकार्ड सहितको डमी ट्राफिक प्रहरी

अव्यवस्थित शहरीकरण, साँगुरा सडक, बढ्दो सवारी प्रयोग, जथाभावी पार्पिङ, सडकमा निर्माण सामाग्री राखीनु, चालक तथा यात्रुमा ट्राफिक चेतनामा कमी लगायतका कारण अस्तव्यस्त बजारको ट्राफिक व्यवस्थापन प्रभावकारी गराउन एवं दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले बागलुङ बजारमा डमी ट्राफिकको प्रयोग सुरु गरिएको छ । बागलुङ जिल्लामा दुर्घटना न्युनीकरण तथा ट्राफिक नियमको पुर्ण पालना गराउनको लागि सन्देशमुलक प्लेकार्ड सहितको डमी ट्राफिक प्रहरीको प्रयोग सुरु गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको पहल एवं… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं