पर्यटन व्यवसायीलाई १ करोडको राहत प्याकेज

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गरेका छन् ।

मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रम¬ख उमा गौतम कोइराला, इमनाथ कँडेल, गोकुल शर्मा पौडेल लगायतले स्वागत गरेका थिए । मन्त्री शर्माले पदभार ग्रहणसँगै २ महत्वपूर्ण निर्णय लिएका छन् ।

शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसाय र त्यहाँ कार्यरत मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गरेका छन् । पर्यटन व्यवसायीका लागि १ करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय पनि भएको छ ।

मन्त्री शर्माले मन्त्रालयका कर्मचारीलाई निर्देशनसमेत दिए । उनले उच्च मनोबलका साथ ढुक्क भएर काम गर्न आग्रह गरे । ‘कर्मचारी नै स्थायी सरकार हुनुहुन्छ,’ उनले भने, ‘सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने गरी काम गर्नुहोस् ।’