तस्बिर : सुदर्शन रञ्जित
पोखरा १७ रातोपहिरोमा तयार भएको बन्जी जम्प साउन १५ गतेबाट चल्ने भएको छ । कोरोना कहरबीचमै बन्जी नेपाल एडभर्चस् प्रालिले बनाएको बन्जी जम्प गत वैशाखमा सुरु भए पनि निषेधाज्ञाका कारण बन्द भएको थियो ।
आवश्यक सुरक्षाका मापदण्ड र सतर्कतासहित १५ साउनबाट बन्जी जम्प सञ्चालन गरिने अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिए । नेपाली र विदेश दुवैलाई अनुपम र साहासिक आनन्द दिन गण्डकी प्रदेशका युवाको समूहले बन्जी नेपाल एड्भेन्चर्स प्रालि पोखरा खोलेको छ ।
यसमा काठमाडौं, पोखरा र आसपासका जिल्लाका युवाले करिब ८ करोड लगानी गरेका छन् । अध्यक्ष भट्टराईले सुन्दर सहरमा सुरु भएको साहासिक खेललाई सबैले सघाउने विश्वास व्यक्त गरे । भट्टराई भन्छन्, ‘सुन्दर सहर पोखरामा अर्को आकर्षण अपेका छौं । सबैको साथ पाउने अपेक्षा छ ।’






