समाचार

फेवा नहर व्यवस्थित गर्न आग्रह

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’समक्ष पोखराको फेवा नहरलाई व्यबस्थापन गर्न पोखरेलीले माग गरेका छन् । पोखरा १७ को जनजागरण टोल विकास संस्थाले शनिबार मन्त्री बराललाई बधाई ज्ञापन गर्ने क्रममा पोखरेलीले फेवा नहरका कारण हरेक वर्ष मान्छेसमेत बगाउने त, केहीको मृत्युसमेत भएकाले फेवा नहर व्यवस्थापन गर्न माग गरेका हुन् । पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरा पार्दीस्थित राम मन्दिरबाट पावर हाउस खेल मैदान जाने १२ सय मिटर सडक स्तरोन्नति… पुरा पढौ

पोखरामा पनि राइड सेयरिङ सेवा

राइड सेयरिंग सेवा मोटरगाडी पोखरा, वीरगञ्ज र प्रदेश १ मा सुरु हुने भएको छ । भिगोर इन्कर्पोरेसनद्वारा सञ्चालित ‘मोटरगाडी’ यातायात साझेदारी प्रदान गर्ने एप हो । जसमा अनलाइनमार्फत सवारी बुक गर्न सकिन्छ । पोखरास्थित ‘कप्स कफी बार’ सँगको सहकार्यमा सम्झौता पत्रमा हस्ताक्षर गरेको भिगोर इन्कर्पोरेसनका प्रमुख अजय गच्छेदारले बताए । कप्स कफी बारका सञ्चालक निकेश श्रेष्ठ पर्यटकिय गन्तव्य एवम बढ्दो सवारी चापका कारण सहज र सुरक्षित यात्राका लागि पोखरामा यो… पुरा पढौ

हिमचितुवाले मा¥यो खच्चड र घोडा

उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको २ सातादेखि लगातार हिमचितवाले घोडा र खच्चडमाथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका ६ का वडाध्यक्ष लोप्साङ लामाले बताए । ‘चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र १ घोडा हिमचितुवाले मारिसकेको छ’, उनले भने, ‘अहिले बर्खाका बेला सामान ढुवानी गर्न बाटो नभएकाले लेकमा चराउन खच्चड र घोडा छाडिएका बेला चितुवाले धमाधम आक्रमण गर्न थालेको… पुरा पढौ

नेपालको स्याटेलाइट अनिश्चित, पुरानो प्रक्रिया रद्द

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै नयाँ प्रक्रियाअघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो । स्याटेलाइट राख्न माग गरिएका कम्पनीमध्ये छनोटमा परेका कुनै पनि कम्पनीले ‘रेस्पोन्स’् नगरेपछि खारेज भएको प्राधिरकणले जनाएको छ । प्राधिकरणले सार्वजनिक खरिद ऐन, २०६३ अनुसार सबै प्रस्ताव र खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले गत मंसिरमा पुरानो… पुरा पढौ

‘प्राकृतिक सम्पदा निजी क्षेत्रलाई नदेऊ

अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिले पोखरा उपत्यकाका विभिन्न सम्पदा लामो समयका लागि निजी क्षेत्रलाई दिने निर्णयको विरोध गरेका छन् । सेती नदीको खोँच, पातले छाँगो र रामघाट पोखरा महानगरले लामो समयका लागि निजी क्षेत्रलाई दिन लागेको छ । महानगरको कार्यपालिका बैठकले सार्वजनिक निजी साझेदारीमा यी सम्पदा निजी क्षेत्रलाई दिने निर्णय गरिसकेको छ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल, सिटिजन्सा जुरी कास्की र नागरिक समाज कास्कीले बिहीबार विज्ञप्ति निकालेर… पुरा पढौ

पहुँचबालाको दबाबपछि बागलुङमा खोप अभियान रोकियो

बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासोपछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ । खोपका लागि लक्षित वर्ग नतोकेका कारण मन्त्रालयको निर्देशन नआउँदासम्मका लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशन अनुसार बागलुङमा खोप लगाइसकिएको र अब माथिबाट निर्देशन नआउँदासम्मका लागि स्थगित भएको… पुरा पढौ

सांसद पद जोगाउन सर्वाेच्च पुगे एमाले प्रवेश गरेका पूर्वमाओवादी नेता

सांसदमा पुनर्वहालीको माग गर्दै पूर्व माओवादीका चार जना सर्वोच्च अदालत पुगेका छन्। पार्टी छोडेर एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गर्दा लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर पदमुक्त भएका थिए। आफूलाई स्पष्टीकरणसमेत नसोधी सांसद पदबाट हटाइएको भन्दै पुनर्बहालीको माग गर्दै उनीहरु सर्वोच्च अदालत पुगेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए। चैत २६ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पत्रका आधारमा गरिएको कारवाही कानुन र माओवादीको विधान विपरीत भएको उनीहरुको दाबी… पुरा पढौ

डेन्टल साइन्स हाइजिनिस्टमा युवराज

डेन्टल साइन्स हाइजिनिस्ट एसोसियसन अफ नेपाल गण्डकीमा युवराज पौडेल (अर्जुन)को अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको छ । संस्थाको प्रथम उपाध्यक्षमा परमेश्वर सुवेदी, द्वितीय उपाध्यक्ष रुद्र ढकाल, तृतीय उपाध्यक्ष दसमी गुरुङ, महासचिव रमेश जिएम, सचिव नारायण वाग्ले, कोषाध्यक्ष डण्डापानी चापागाई र सहकोषाध्यक्ष संगम श्रेष्ठ छन् । सदस्यमा दिनेश महर्जन, वीरू नेपाली, मोहन कोइराला, रीना पराजुली, निराजन जोशी, शिवजंग थापा र मिलन थापामगर छन् । नवनिर्वाचित अध्यक्ष पौडेलले डेन्टल हाइजिनिस्टहरुको हकहितका लागि… पुरा पढौ

पर्यटन व्यवसायीलाई १ करोडको राहत प्याकेज

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गरेका छन् । मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रम¬ख उमा गौतम कोइराला, इमनाथ कँडेल, गोकुल शर्मा पौडेल लगायतले स्वागत गरेका थिए । मन्त्री शर्माले पदभार ग्रहणसँगै २ महत्वपूर्ण निर्णय लिएका छन् । शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसाय र त्यहाँ कार्यरत मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गरेका छन् । पर्यटन व्यवसायीका लागि… पुरा पढौ

रातोपहिराको बन्जी जम्प १५ गतेबाट चल्ने

तस्बिर : सुदर्शन रञ्जित पोखरा १७ रातोपहिरोमा तयार भएको बन्जी जम्प साउन १५ गतेबाट चल्ने भएको छ । कोरोना कहरबीचमै बन्जी नेपाल एडभर्चस् प्रालिले बनाएको बन्जी जम्प गत वैशाखमा सुरु भए पनि निषेधाज्ञाका कारण बन्द भएको थियो । आवश्यक सुरक्षाका मापदण्ड र सतर्कतासहित १५ साउनबाट बन्जी जम्प सञ्चालन गरिने अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिए । नेपाली र विदेश दुवैलाई अनुपम र साहासिक आनन्द दिन गण्डकी प्रदेशका युवाको समूहले बन्जी नेपाल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं