पोखरामा पनि राइड सेयरिङ सेवा

राइड सेयरिंग सेवा मोटरगाडी पोखरा, वीरगञ्ज र प्रदेश १ मा सुरु हुने भएको छ । भिगोर इन्कर्पोरेसनद्वारा सञ्चालित ‘मोटरगाडी’ यातायात साझेदारी प्रदान गर्ने एप हो । जसमा अनलाइनमार्फत सवारी बुक गर्न सकिन्छ ।

पोखरास्थित ‘कप्स कफी बार’ सँगको सहकार्यमा सम्झौता पत्रमा हस्ताक्षर गरेको भिगोर इन्कर्पोरेसनका प्रमुख अजय गच्छेदारले बताए ।

कप्स कफी बारका सञ्चालक निकेश श्रेष्ठ पर्यटकिय गन्तव्य एवम बढ्दो सवारी चापका कारण सहज र सुरक्षित यात्राका लागि पोखरामा यो सेवा अत्यन्तै जरुरी भएको बताउँछन् । उनले पोखराका प्रयोगकर्ताका लागि त्यहाँको आवश्यकता अनुसार गुणस्तरीय सेवा प्रदान गर्ने बताए ।

चौधरीका अनुसार आगामी बैशाखबाट पूर्ण रुपमा सम्पूर्ण प्रयोगकर्ताले यो सेवा गुगल प्लेस्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् । साथै, टु जी प्रयोगकर्ताले समेत मोटर गाडी लाईट भर्जन बैशाख बाटनै प्रयोग गर्न सक्नेछन् ।

मोटरगाडी राइड सेयरिंग सेवा प्रदान गर्ने अनलाइन प्लेटफर्म हो । विश्वभरिका राइड सेयरिंग कम्पनी जस्तै मोटरगाडीले अल्गोरिदमको प्रयोग गरी यात्रुहरुलाई एउटै गन्तव्य तर्फ जाने नजिकैको चालकहरुसँग सम्पर्कमा ल्याउछ । हाल मोटरगाडीले मोबाईल एपद्वारा अटो, कार तथा मोटरसाइकल मार्फत सवारी सेवा प्रदान गर्छ ।

यो सेवाबाट जो कोहिले पनि जुनसुकै समय र स्थानबाट सजिलो तरिकाले सवारी बुक गर्न सक्छन् ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।