मुख्य समाचार

आविष्कार अस्पतालको अध्यक्षमा डा सञ्जय, डा कृष्ण प्रबन्ध निर्देशक

आविष्कार हस्पिटल आर्थाेप्लाष्टी एन्ड ट्रमा सेन्टर प्रालिको शुक्रबार भएको दोस्रो वार्षिक साधारणसभाले नयाँ नेतृत्व चुनेको छ । सभाले डा सञ्जय कोइरालाको अध्यक्षतामा नयाँ नेतृत्व चुनेको हो । डा कोइराला वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् । यस्तै, प्रबन्ध निर्देशकमा डा कृष्ण बोगटीले जिम्मेवारी पाएका छन् । सञ्चालक समिति सदस्यमा डा. रमेश शर्मा, श्रीराम अधिकारी र सुजु गौतम छन् । कार्यवाहक अध्यक्ष श्रीराम अधिकारीको अध्यक्षतामा भएको सभाले अध्यक्षले प्रस्तुत गरेको… पुरा पढौ

ठगी आरोपमा पोखरा ६ का वडा सदस्यसहित ४ कारागार चलान

ठगी मुद्धामा पक्राउ परेका पोखरा ६ का वडा सदस्यसहित ४ जना कारागार चलान भएका छन् । वडा नं। ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरेबापत विभिन्न प्रकारले धम्क्याउँदै रकम लिएको र फोटोग्राफी गर्नेहरुको नाउँमा व्यवसाय दर्ता नगरी ठगी गरेको उजुरी परेको थियो । सोही आधारमा उनीहरुलाई पक्राउ गरि थुनामा राखेर अनुसन्धान भएको थियो । पोखरा महानगरपालिका वडा नं। ६ लेकसाईड बैदाम बस्ने वर्ष ४१ का विकास पहारी, पोखरा महानगरपालिका वडा नं… पुरा पढौ

पृथ्वीचोकमा हनी ट्रयापमा पारी लुटपाट गर्ने ५ पक्राउ

वडा प्रहरी कार्यालय बैदाम तथा प्रहरी पोष्ट पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले पोखरा ९ पृथ्वीचोक बसपार्कबाट ५ जनालाई पक्राउ गरेको छ । यहाँ आउने बाह्य तथा आन्तरिक पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाट तथा पकेटमार गरी दुःख, हैरानी दिने २ महिला र ३ पुरुष पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पोखरा २३ बस्ने बर्ष २५ का मौसम परियार, चितवन घर भई हाल पोखरा ९ बस्ने बर्ष २० का प्रकाश परियार,… पुरा पढौ

मर्न सजिलो तर बाँच्न गाह्रो !

नाटककार प्रकाश घिमिरे सिने अभिनेता एवं नाटककार प्रकाश घिमिरे (पोखरा ३) अहिले मृत्युशैयाबाट तङ्ग्रेर अभिनय जगतमा पुनः फर्किएका छन् । वरीष्ठ कलाकार हरिवंश आचार्य बेलायत, अमेरिका आदि देशमा जानुपर्ने भएकाले प्रकाश घिमिरे सकि नसकी महाजात्रा सिनेमाका लागि सुटिङ भ्याएर पोखरा फर्किएका छन् । अभिनेता घिमिरे गएको कार्तिक १० गते घाँस काट्ने क्रममा नराम्ररी दुर्घटनामा परे । करीब ७५÷८० मिटर तल खोल्सोमा खसे । उनलाई यो घटना धेरै दिन पछि मात्र… पुरा पढौ

पोखराको प्याराग्लाइडिङ उडान अझै ठप्प ( यस्तो छ विवादको कारण)

शुक्रबारदेखि पोखराको आकासमा प्याराग्लाइडिङ ठप्प छ । दैनिक सरदर डेढ सय उडान गर्ने पाइलटहरुले उडान बन्द गरेका हुन् । नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले गरेको निर्णयविरुद्ध प्यारा पाइलटहरु आन्दोलित भएका हुन् । नाले बुधबार कम्पनीहरुले आफैं उडाउन पाउने र दर पनि आफ्नै हिसाबले तोक्न पाउने निर्णय गरेको थियो । पाइलट र कम्पनीहरु बिच असमझदारी भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत समझदारी नगरी उडान नगर्न पत्राचार गरेको छ । प्यारा… पुरा पढौ

उपल्लो मुस्ताङीका दुःख र सम्भावनाको खोजी

उपल्लो मुस्ताङमा अहिले दिउँसो माइनस आठ डिग्री सेल्सियसभन्दा कम तापक्रम छ । राति माइनस २० डिग्रीभन्दा तल तापक्रम झर्छ । यो ठिही छल्न पोखरा झरेका उपल्लो मुस्ताङीले त्यहाँका दुःख र सम्भावनाबारे छलफल गरेका छन् । मुस्ताङका पाँच पालिकामध्ये दुई पालिका लोमन्थाङ र लोघेकर दामोदरकुण्ड उपल्लो मुस्ताङमा पर्छन् । तल्लो मुस्ताङका तीन पालिकाका बासिन्दा पनि जाडो छल्न र विभिन्न मौसम काम गर्न पोखरा, काठमाडौँ जान्छन् । मुस्ताङका प्रदेशसभा सदस्य नाम्डु गुरुङ… पुरा पढौ

यही कार्यकालमा मादीवासीले रोजगारीका लागि गाउँ छाड्नु नपर्ने बनाउँछुः अध्यक्ष गुरुङ

कास्कीको उत्तर पूर्वमा रहेका साविकका नामार्जुङ, पार्चे, सिल्दजुरे, थुमाकोडाँडा, भाचोेक, मिजुरेडाँडा, सैमराङ गाविस, कालिकाका ६–९ वडा, माझठाना २ र ३, हंसपुर गाविसका ५ र ८ समेटी मादी गाउँपालिका बनेको हो । १२ वडा रहेको यो गाउँपालिका अन्नपूर्ण हिमश्रृंखलाको काखमा छ । अन्नपूर्ण दोस्रो र चौथो हिमालको दक्षिणी भागबाट उत्पत्ति भएको मादी नदीबाट यसको नामकरण भएको हो । मादीको पूर्वमा लमजुङका क्होलासोंथर र मस्र्याङदी गाउँपालिका, पश्चिममा पोखरा महानगरपालिका र माछापुच्छ«े गाउँपालिका,… पुरा पढौ

मित्र मिलन काण्डः गोपाल र बुद्धिसागर पक्राउ, दुई दर्जन अझै फरार

मित्र मिलन बचत तथा ऋण सहकारीको रकम हिनामिना आरोपमा थप २ जना पक्राउ परेका छन् । पोखरा ८ रामघाट बस्ने वर्ष ३५ का गोपाल खनाल र पोखरा १७ विरौटा बस्ने वर्ष ४३ का बुद्धिसागर पौडेल पक्राउ परेको हुन् । हालसम्म सो कसुरमा ५ जना प्रहरी नियन्त्रणमा छन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धानअघि बढाइएको र फरारहरुको खोजी जारी रहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । पोखरा ९ नयाँबजारमा संचालनमा… पुरा पढौ

किन राजीनामा दिए भरतराज गौतमले ?

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गौतमको राजीनामा स्वीकृत गरेका हुन् । गौतमले कार्यकाल सकिनु ८ महिनाअघि नै यही २४ गते राजीनामा दिएका थिए । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई आज कार्यवाहक महासचिव तोकेका थिए । प्रशासनिक नेतृत्वको अभावमा संसद दिवसलगायत संघीय संसदका कामकारबाही प्रभावित भएकोले सभामुखले राष्ट्रियसभाका अध्यक्षसँगको परामर्शमा पाण्डेयलाई कार्यवाहकको जिम्मेवारी दिएको सचिवालयले जनाएको छ । गौतमको… पुरा पढौ

पोखराका होटलमा सिसी क्यामेरा र ग्राहकको पूर्ण विवरण अनिवार्य

पोखराका होटलहरुले अनिवाय रुपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । वडा प्रहरी कार्यालय बैदाम, पृथ्वी होटल व्यवसाय समितिको लगायतको उपस्थितिमा बुधबार भएको बैठकले यस्तो निर्णय गरेको हो । मङ्सिर ५ गते पोखराको पृथ्वीचोकको एक होटलमा अचेत फेला परेकी सुकु विकको मृत्युको कारण अझै पत्ता लागेको छैन । विकको उपचारका क्रममा मृत्यु भएको थियो । सो घटनाको अनुसन्धानको क्रममा होटलमा सुरक्षाका विधिहरु नअपनाएको पाएपछि प्रहरी र व्यवसायीको छलफलले यी निर्णय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं