रोहित र रिखिरामलाई पुरस्कार

पोखरामा क्रियाशील पत्रकारद्वय रोहितराज पराजुली र रिखिराम जिसी पुरस्कृत भएका छन् । संघीय युवा तथा खेलकुद मन्त्रालयले उनीहरुलाई बुधबार आयोजित कार्यक्रममा जनही नगद २५ हजार र सम्मानपत्रसहित सम्मान गरेको हो ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्थ लगायतले उनीहरुलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट सम्मान गरेका हुन् । पराजुली नयाँ पत्रिका दैनिकमा आवद्ध छन् भने जिसी नेपालप्रेस डटकमका पोखरा संवाददाता हुन् ।

समारोहमा खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट रोहित र रिखिसहित ८ जन पुरस्कृत भएका छन् । सँगसँगै, खेलकुद पत्रकारिता पुरस्कारबाट गोविन्द रेग्मी र राष्ट्रिय खेलकुद सम्मान ९ जनालाई प्रदान गरिएको छ ।