मुख्य समाचार

किशोरी १० दिनदेखि सम्पर्कविहीन

यहाँकी १ किशोरी १० दिनदेखि काठमाडौँबाट सम्पर्कविहीन भएकी छन् । स्याङ्जाको चापाकोट–९, घर भई काठमाडौँ बसुन्धारामा बस्दै आएकी १८ वर्षीया रेजिना डोटेल भदौ ७ गतेदेखि सम्पर्कविहीन भएकी आमा सरस्वती डोटेलले बताइन् । भदौ ७ गते पुल्चोक इञ्जिनीयरिङ कलेजमा प्रवेश परीक्षाको तयारी कक्षा लिन बसुन्धारास्थित कोठाबाट निस्किएपछि अहिलेसम्म उनको केही अत्तोपत्तो नलागेपछि आफूहरू चिन्तामा डुबेको आमा सरस्वती डोटेलले दुखेसो गरिन् । सरस्वतीले भनिन्, ‘यतिका दिन भयो जताततै खोजिरहेका छौँ र पनि… पुरा पढौ

कांग्रेस सभापति देउवाले हृदयदेखि नै दिए तीजको शुभकामना

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हरितालिका तीज पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीवहिनीमा शुभकामना दिएका छन्।  आफ्नो शुभकामना सन्देशमा देउवाले भनेका छन्, 'हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध छ ।  यी पर्व हाम्रा पहिचान हुन्, गौरव हुन् । अनेक विमतिहरुका विचमा पनि हाम्रो समाजमा सौहार्दता र एकतालाई मजवुत तुल्याउन पर्वहरुले योगदान गर्दै आएका छन् । अतः सबै खाले पर्वमा आपसी प्रेम, सदभाव, विश्वास र… पुरा पढौ

एटीएमबाट पैसा लुट्ने थप एक चिनियाँ विमानस्थलबाट पक्राउ

एटीएमबाट पैसा लुट्ने थप एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली नामका चिनियाँ नागरिक रहेका छन् ।  महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले आइतबार राती त्रिभुवन विमानस्थलबाट सु लुसलीलाई पक्राउ गरेको पुष्टि गरे ।  सु लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको डीएसपी बोगटीले रातोपाटीलाई जानकारी दिए ।  यस्तै घटनामा संलग्न फरार दुईको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।  शनिबार… पुरा पढौ

पारश शाहले लिए कुमारीको आशिर्वाद

शाहवंशीय परम्परालाई निरन्तरता दिँदै पूर्वयुवराज पारस शाहले कुमारीको टीका आशीर्वाद ग्रहण गरेका छन् । राजपरिवारले कुमारी पुज्ने इतिहास निरन्तर राख्न पारस आइतबार बसन्तपुर पुगेका हुन् । २६२ वर्ष अघि, आजकै दिन, कुमारी घर रहेकै स्थानमा, राजा जयप्रकाश मल्लले कुमारी स्थापना गरेर देवी पुज्ने कार्य स्थापना गरेका थिए । यसो गर्दा मल्ल राजा जयप्रकाशको शासन १२ वर्ष चल्छ भन्ने वाणी अनुसार राजपरिवारबाट कुमारी पुज्ने प्रथा आरम्भ भएको हो । नेपाल एकीकरणको… पुरा पढौ

कांग्रेसमा हिन्दूराष्ट्रको बहस चर्किंदै

 कांग्रेसमा महाधिवेशनको चर्चा सुरु भएसँगै ‘हिन्दु राष्ट्र’को बहस चर्कन थालेको छ । सार्वजनिक अभिव्यक्तिमार्फत महामन्त्री शशांक कोइरालाले बेलाबखत हिन्दू राष्ट्रको मुद्दा उठाउँदै आएका थिए ।  पार्टी बैठक र औपचारिक फोरममा छलफल भएको थिएन । पछिल्लो समय यो मुद्दालाई लिएर पक्ष/विपक्षमा बहस चर्कन थालेको हो ।  प्रारम्भमा तत्कालीन केन्द्रीय सदस्य खुमबहादुर खड्का र उनको समूहले हिन्दू राज्य स्थापनाको अभियान चलाएका थिए । उनको निधनपछि सुषुप्तजस्तै बनेको यो अभियानमा कांग्रेस महामन्त्री कोइराला… पुरा पढौ

नेपालको धरातलीय स्वरूप पत्ता लगाउन ‘लाइडार सर्वे’ सुरु

नेपालको धरातलीय स्वरूप पत्ता लगाउन नापी विभागले ‘लाइडार सर्वे’ सुरु गरेको छ । विकास निर्माणलगायत ठूलो क्षेत्रमा टेवा पुग्ने यो सर्वेलाई नापीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा गत वर्षदेखि अगाडि बढाएको हो । हवाईजहाज उडाएर गरिने उक्त सर्वेको तयारी अन्तिम चरणमा पुगे पनि मङ्सिरदेखि मात्र जहाज उडाइने छ । पहिलो चरणमा २० हजार वर्ग किलोमिटर क्षेत्रफलमा सर्वे गरिनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सुदूरपश्चिमबाट चितवनसम्मको तराईको भूभागमा सर्वे… पुरा पढौ

उपनिर्वाचन २०७६, नेकपा र समाजवादी पुनः दर्ता हुनुपर्ने

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टी दुवैले उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पुनः दल दर्ता गराउनुपर्ने भएको छ । वि.सं. २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्यको निर्वाचनमा आयोगमा दर्ता भएका राजनीतिक दलले उपनिर्वाचनका पुनः दर्ता गर्नु नपर्ने व्यवस्था छ तर सत्तारुढ दुवै दल एकीकरण भई नयाँ दलका रूपमा आयोगमा दर्ता भएकाले उपनिर्वाचन प्रयोजनका लागि पुनः… पुरा पढौ

दशैँमा मासु महँगो हुने, कति पुग्ला ?

सरकारले औपचारिक घोषणा बिनै खसीबोका आयातमा कडाइ गरेपछि दशैँमा मासु महँगो हुने भएको छ । व्यवसायीहरुका अनुसार दशैँमा खसीको तयारी मासु प्रतिकेजी रु १५ सयभन्दा माथि पुग्न सक्नेछ । हाल काठमाडौँ उपत्यकामा दैनिक १ हजार २०० खसी बोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ । केही समय यता सकरकारले भारतबाट आयात हुने खसीबोकामा कडाइ गरिरहेको छ । चौपाया खरीद विक्री संघका अनुसार दशैँ तिहारको समयमा उपत्यकामा… पुरा पढौ

वडाध्यक्षका छोरा होस्टलबाट तीन दिनदेखि बेपत्ता

वीरगञ्जको पावर हाउस चोक नजिक रहेको नीजि विद्यालय जिएचपी स्कुलको होस्टेलबाट एक जना १३ बर्षीय बालक अमित कुमार चौरसिया तीन दिनदेखि बेपत्ता भएका छन्। अमित, पर्साको कालिकामाई गाउँपालिका–२ का वडा अध्यक्ष भेडिहारी घर भएका सोनालाल चौरसियाको कान्छो छोरा हुन्। चौरसिया परिवार वीरगञ्ज महानगरपालिका–१३ तेजारथ टोल बस्दै आएको छ। उनीहरुले अमितलाई गत वैशाखदेखि जिएचपी स्कुलको होस्टलमा राखेका थिए।  सो स्कुलको कक्षा ६ सेक्सन ‘बी’ मा अध्ययनरत अमित बिहीबारदेखि बेपत्ता भएको उनका… पुरा पढौ

एयरबस प्रतिवेदन ४ महिनादेखि गुपचुप

दुई वाइडबडी र दुई न्यारोबडी एयरबस विमान खरिद प्रक्रियामा त्रुटि औँल्याएर सांसदहरुले तयार गरेको प्रतिवेदन प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ४ महिनादेखि गुपचुप राखेको छ । नेपाल वायुसेवा निगमले करिब ३५ अर्ब रुपैयाँमा किनेका तीन विमानको बिनाआधार मूल्यवृद्धि गरिएको र खरिद प्रक्रियामा त्रुटि गरेर राज्यलाई घाटा पारेको निष्कर्ष समेटिएको प्रतिवदेन समितिले सार्वजनिक गर्न नसकेको हो । निगमले एक वर्षअघि युरोपको एयरबस कम्पनीबाट वाइडबडी र २०७२ सालमा न्यारोबडी खरिद गरेको थियो ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं