मुख्य समाचार

वैदेशिक लगानीमा चीन सबैभन्दा अगाडि

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा धेरैको चासो केरुङ–काठमाडौँ रेलमार्गमा छ । तर, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मामिलामा चीन सबैभन्दा अगाडि रहेको तथ्य भने धेरैले चासो नदिएको पक्ष हो । उद्योग विभागको पछिल्लो तथ्याकंंले देखाउँछ, नेपालमा चिनियाँ लगानी निरन्तर बढ्दो छ र असोजको दोस्रो सातासम्म चिनियाँ लगानीकर्ताहरुले कुल रु १०४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरेका छन् ।  विस ५० र ६० को दशकमा नेपालमा वैदेशिक लगानीमा अगाडि रहेको दक्षिणी… पुरा पढौ

कास्की-२ को उपनिर्वाचन : उम्मेदवार घोषणाको तयारीमा नेकपा, विद्या लगभग पक्का

आशन्न उपनिर्वाचनका लागि कास्की–२ बाट चुनाव लड्ने उम्मेदवार अहिलेसम्म कोही पनि तय भएका छैनन । मुख्य २ ठूला दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेससमेत पर्ख र हेरको अवस्थामा छन् । यी २ दलले कसलाई उम्मेदवार बनाउला भन्ने चासो व्यापक छ । कास्की–२ उपनिर्वाचनको १ मात्र संघीय संसदका लागि छानिने सांसदको निर्वाचन क्षेत्र हो । यो क्षेत्र पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको क्षेत्र भएकाले पनि विशेष चर्चामा छ । यसैबीच… पुरा पढौ

पोखरामा मिटरमा जान नमान्ने ५२ ट्याक्सी पक्राउ

पोखरा महानगरपालिकाभित्र विभिन्न स्थानमा मिटरमा नगई आफू खुशी जथाभावी भाडा लिने ४७ वटा र मिटर नै जडान नगरी आफूखुशी चलाउने पाँच ट्याक्सी र चालकलाई आज कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। यसअघि विभिन्न तहबाट भएका निर्णयको बेवास्ता गर्दै ट्याक्सीहरूले मनोमानी रुपमा भाडा लिने, मिटरमा नजाने जस्ता सर्वसाधारणका गुनासालाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि निरन्तर छड्के जाँच र गस्ती गर्दै आएकामा आज ती ट्याक्सी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए।… पुरा पढौ

बालबालिकाले चिनियाँ भाषामा राष्ट्रपति सीको स्वागत गर्दा….

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली मौलिक पोशाकमा सजिएर लहरै बसेका ४९  स्कूले बालबालिकाले चिनियाँ भाषामा स्वागत गर्दा  चिनियाँ राष्ट्रपति सी जिनपिङ प्रफुल्लित भए । आफ्नै भाषामा स्वागत पाउँदाको खुशी उनको अनुहारमा झल्किन्थ्यो । गुन्यू र चोली लगाएका बालिका र नेपाली टोपीसहित दौरासुरुवालमा सजिएका बालकले एक हातमा नेपालको र अर्को हातमा चिनियाँ झण्डा फहराएर राष्ट्रपति सीलाई स्वागत गरेका थिए । बालबालिकाका गतिविधि निकै चाख लगाएर हेरेका सीले मन्द मुस्कान छर्दै… पुरा पढौ

सीलाई रात्रिभोज : मेन्यूमा नेवारी बारादेखि इलामको चियासम्म

दुई दिने नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले रात्रिभोजको आयोजना गरेकी छिन् । सोल्टी होटलमा आयोजित रात्रिभोजमा मन्त्रिपरिषद्का सदस्य, स्थानीय निकायका जनप्रतिनिधिदेखि विभ्न्नि दलका नेता तथा उच्च पदस्त कर्मचारीहरु सहभागी रहेका छन् । राष्ट्रपति सीका लागि स्टार्टर, सुप, मेनकोर्स र डेसर्ट गरेर विभिन्न परिकारहरु तयार गरिएको छ । जसमा नेपाली परिकारदेखि चिनियाँ परिकारको समिश्रण रहेको छ । सीलाई पस्कने खानमा नेवारी बारा, मोमो, सिमीसँग… पुरा पढौ

चिनियाँ राष्ट्रपति : शीतल निवासदेखि सोल्टीको रात्रिभोजसम्म (फोटोफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिबार साँझ शीतल निवसमा भेटवार्ता भएको छ । भेटका क्रममा दुई पक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारी र समकक्षी सीले शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्ताका क्रममा सम्बोधन गरेका थिए ।  अहिले राष्ट्रपति भण्डारीद्वारा समकक्षी सी को सम्मानमा सोल्टी होटलमा आयोजित रात्रिभोजमा सरिक भएका छन् । उक्त रात्रिभोजमा विभिन्‍न दलका शीर्ष नेताहरुको समेत उपस्थिति रहेको छ । तस्बिर… पुरा पढौ

शीतल निवासमा राष्ट्रपति भण्डारी र सीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता  भएको  छ ।  राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका दुई पक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ ।  राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका हुन् ।  २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखको नेपाल भ्रमण भएको हो । राष्ट्रपति सीलाई विमानस्थलदेखि होटल सोल्टीसम्म भव्य स्वागत गरिएको थियो । उनी आइतबार दिउँसो स्वदेश… पुरा पढौ

चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत (फोटो फिचर)

दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं उत्रिएका चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भव्य स्वागत गरेका हुन् ।  पुरा पढौ

राष्ट्रपति सी र नेपाली काँग्रेस सभापति देउवाबीच ‘वान टु वान’ वार्ता

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी जिनपिङ र  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ । राष्ट्रपति सीले र राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तापछि होटल सोल्टीमा सभापति देउवासँग ‘वान टु वान’ वार्ता गर्न लागेका हुन् ।  राष्ट्रपति सीसामु सभापति देउवाले नेपाली उत्पादनहरू शुन्य भन्सार दरमा निर्यात गर्ने वातावरण का लागि आग्रह गर्ने छायाँ सरकारका परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिए ।  ‘पहिलो कुरा मित्रता हो… पुरा पढौ

मनमोहक ‘अल्फाञ्जो रिसोर्ट’

लेखनाथ शिशुवाका युवा सुवास भट्टराई २ वर्ष अघि जापानबाट फर्किए । उनको शिशुवाकै मिल्ने साथी अमित गौतम थिए । उनीहरू दुवै २८/३० वर्षका छन् । अमित सिए विषय अध्ययन गर्दै थिए । जापानबाट फर्किए लगत्तै तिनै अमितलाई भेटे र घुम्न निस्किए । घुम्दै गर्दा एक रिसोर्टमा पुगे र त्यो रिसोर्टले सुवासको मन लोभ्यायो । उनको मन नलोभियोस् पनि किन ? उनी जापानमा होटल नै गर्थे । त्यस्तै रिसोर्ट खोल्ने चाहना… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं