कास्की-२ को उपनिर्वाचन : उम्मेदवार घोषणाको तयारीमा नेकपा, विद्या लगभग पक्का


आशन्न उपनिर्वाचनका लागि कास्की–२ बाट चुनाव लड्ने उम्मेदवार अहिलेसम्म कोही पनि तय भएका छैनन । मुख्य २ ठूला दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेससमेत पर्ख र हेरको अवस्थामा छन् ।

यी २ दलले कसलाई उम्मेदवार बनाउला भन्ने चासो व्यापक छ । कास्की–२ उपनिर्वाचनको १ मात्र संघीय संसदका लागि छानिने सांसदको निर्वाचन क्षेत्र हो । यो क्षेत्र पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको क्षेत्र भएकाले पनि विशेष चर्चामा छ ।

यसैबीच नेकपाको तर्फबाट विद्या भट्टराई नै कास्की–२ को उम्मेदवार बन्ने पक्कापक्की भएको नेता कार्यकर्तामा व्यापक चर्चा छ । यसबारेमा नेकपा कास्की र केन्द्रका कुनै पनि नेताले मुख खोलेका छैनन् ।

नेकपा कास्कीका १ नेताका अनुसार विद्या नै उम्मेदवार बन्ने लगभग पक्का छ । ‘कार्यकर्ता तथा पव्लिक चाहना पनि विद्या नै भएकाले विद्या नै उम्मेदवार सम्भावना बढेर गयो । त्यसैले जनमत नै नबुझि अघि बढ्दा घात हुन सक्छ ।’ अबको केही दिनमा उम्मेदवार घोषणा हुने उनले बताए ।

विद्या नै उम्मेदवार बने सजिलो हुने नेकपाका जेता कार्यकर्ताको चाहना छ । उनीहरूले विद्या जत्तिको बलियो उम्मेदवार अरु कोही हुन नसक्ने धारणा व्यक्त गर्दै आइरहेका छन् ।

विद्यालाई अघि सारेर उम्मेदवारी घोषणा गर्ने नेकपा कास्कीको तयारी भइरहेको बताइन्छ । विद्या स्व. रवीन्द्रकी धर्मपत्नीसमेत हुन् ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं