मुख्य समाचार

प्रधानमन्त्रीका एडिसी नेपाली सेनाका मेजर जुवा खालबाट पक्राउ

नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाही जुवा खालबाट पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुले उनलाई टोखाबाट पक्रेको हो । शाहीले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भएको बयान दिएको प्रहरीले जनाइएको छ । शाहीसँगै बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट १ लाख ५९ हजार रुपैयाँ बरामद भएको छ । पुरा पढौ

म रोशनीको अभिभावक हुँ : महरा

बलात्कार प्रयासको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी वकिलको कार्यालयसमक्ष बयान दिँदै आफूमाथि लगाइएको आरोपमा सत्यता नरहेको बताएका छन् । अभियोगपत्रमा महराले सरकारी वकिलको कार्यालयसमक्ष दिएको बयानको लिखित विवरण उल्लेख छ । बयानमा उनले पीडित महिला (रोशनी) लाई आफूले २०४७ सालदेखि नै चिन्दै आएको बताएका छन् । ‘२०४७ सालदेखि झण्डै ४ वर्ष मेरो घरमा बसेकी हुँदा निजलाई मैले सोही समयदेखि चिन्छु,’ बयानमा उनले भनेका छन्, ‘उनी मेरो विद्यार्थी जस्तै हुन्… पुरा पढौ

नेकपाले भोलि उम्मेदवारको टुंगो लगाउने,पूर्वमाओवादी पक्षले नपाउने !

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालयको बैठक बोलाएको छ । मङ्सिर १४ गतेको उपनिर्वाचनका लागि उमेदवार तय गर्न सचिवालय बैठक बोलाइएको नेकपाले जानकारी दिएको छ । मङ्सिर १४ गते एक प्रतिनिधिसभा, तीन प्रदेशसभा, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्षसहित ४३ वडाध्यक्षसहित ५३ स्थानमा उपनिर्वाचन हुँदैछ ।शनिबार बस्ने बैठकले सबै उमेदवारको टुङ्गो लगाउने सचिवालयका नेताले जनाएका छन् । सचिवालय निकट स्रोतले जानकारी दिएअनुसार मङ्सिर १४ को उपनिर्वाचनमा नेकपा… पुरा पढौ

कांग्रेसमा उम्मेदवार भागवण्डा, कास्की-२ रामचन्द्र पौडेलको भागमा

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार सम्पन्न भयो । बैठक आशन्न उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न बसेको थियो । बैठकले उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दियो । योसंगै कांग्रेसका ३ नेताबीच उम्मेदवार भागवण्डा पनि मिलेको बताइन्छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला बीच भागवण्डा मिलेको बुझिएको छ । जसअनुसार एकमात्र प्रतिनिधिसभाको क्षेत्र कास्की क्षेत्र–२ को वििरष्ठ नेता पौडेलको भागमा परेको छ । प्रदेशसभा निर्वाचन क्षेत्रम… पुरा पढौ

डेढ घण्टा कहाँ हराए महरा ?

बलात्कार प्रयासमा आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरा गत असोज १२ गते साँझ करिब डेढ घण्टा कहाँ थिए भन्ने गम्भीर प्रश्न उब्जिएको छ । सरकारी वकिलको कार्यालयमा बयान दिँदै महराले आफू त्यसदिन पीडित महिलाको कोठामा नगएको दावी गरेका छन् । तर त्यसदिन सभामुखको सरकारी निवासबाट उनीसँगै सुविधानगर, तीनकुनेसम्म आएका सुरक्षाकर्मीले भने आफूहरुलाई उक्त क्षेत्रको भित्री गल्लीमा लगेर महरा एउटा घरमा प्रवेश गरेको र करिब डेढ घण्टापछि फर्किएको बयान दिएका छन् ।… पुरा पढौ

भिआइपी जुवाडेले फिर्ता लिए रिट

महाराजगञ्जबाट पक्राउ ‘हाइप्रोफाइल’ जुवाडेले सर्वोच्च अदालतमा दायर गरेको रिट शुक्रबार फिर्ता लिएका छन्। उनीहरुले आफ्नो रिटको पक्षमा प्रमाण पुर्याउन नसक्ने भन्दै रिट फिर्ताको निवेदन सर्वोच्च अदालतमा दर्ता गरेका थिए। प्रधान्यायाधीश चोलेन्द्र समशेरको इजलासले उनीहरुको रिट फिर्ता हुने आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए। पक्राउ परेका मध्ये १४ जनाले छुट्टाछुट्टै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। ‘बन्दी प्रत्यक्षीकरणका निवेदनहरू साथै राखी एकैपटक हेर्नुपर्ने देखिएकाले प्रस्तुत निवेदन समेत सो निवेदनहरूसँग… पुरा पढौ

प्रधानमन्त्री ओली पुनः अस्पताल जाँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको तेस्रो डायलासिस गरिने भएको छ। बुधबार र बिहीबार धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार गराएर फर्किएका प्रधानमन्त्री ओलीलाई शनिबार फेरि चिकित्सकले बोलाएका छन् । ‘शनिबार फलोअपका लागि प्रधानमन्त्रीलाई बोलाइएको छ,’ उच्चस्रोतले सेतोपाटीसँग भन्यो,‘शनिबार उहाँको डायलासिस गर्नुपर्छ। इमर्जेन्सी पर्‍यो भने जतिबेला पनि गर्न पर्ने हुनसक्छ।’ यसअघि प्रधानमन्त्रीको दुई पटक डायलासिस भइसकेको छ। सातामा तीन पटक प्रधानमन्त्रीले डायलासिस गर्नु पर्ने भएको छ। डायलासिसको विकल्पमा पुनःमिर्गौला प्रत्यारोपणमा समेत जान… पुरा पढौ

महराको बयान सकियो, थुनछेक बहस आइतबार मात्रै

जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान शुक्रबार सकिएको छ । जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको थुनछेक बयान भएको हो । बयान लामो भएपछि थुनछेक बहस हुन नपाएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले अनलाइनखबरलाई बताए । उनले भने, ‘आज बयान सकिएन । आइतबार बिहान १० बजे उपस्थित गराउने गरी छाडेका छौं ।’ महराले बयानमा वारदात स्थलमा नपुगेको दाबी गरेका छन् ।… पुरा पढौ

कांग्रेसको निर्णय : उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई

नेपाली कांग्रेसले आशन्न उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उमेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ । उमेदवार चयनको विधि तय गर्न शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उमेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको हो ।   कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि पार्टीकातर्फबाट उमेदवारको टुंगो लगाउने जिम्मेवारी पदाधिकारीलाई दिने निर्णय गरिएको जानकारी दिए । उमेदवार चयनका लागि बस्ने पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद… पुरा पढौ

कांग्रेसबाट दर्लामीकै सम्भावना, नेकपाबाट सिञ्जाली सर्वसम्मत

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेदवारको टुङ्गो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए ।          सिञ्जाली सोही वडाका वडासदस्य हुन् । उनलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने सचिव कार्कीले जानकारी दिए । नेपाली काङ्ग्रेसले भने अझै उम्मेदवारको टुङ्गो लगाएको छैन ।  पार्टीका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं