प्रधानमन्त्रीका एडिसी नेपाली सेनाका मेजर जुवा खालबाट पक्राउ

नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाही जुवा खालबाट पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुले उनलाई टोखाबाट पक्रेको हो ।

शाहीले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भएको बयान दिएको प्रहरीले जनाइएको छ । शाहीसँगै बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट १ लाख ५९ हजार रुपैयाँ बरामद भएको छ ।