नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार सम्पन्न भयो । बैठक आशन्न उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न बसेको थियो ।
बैठकले उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दियो । योसंगै कांग्रेसका ३ नेताबीच उम्मेदवार भागवण्डा पनि मिलेको बताइन्छ ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला बीच भागवण्डा मिलेको बुझिएको छ ।
जसअनुसार एकमात्र प्रतिनिधिसभाको क्षेत्र कास्की क्षेत्र–२ को वििरष्ठ नेता पौडेलको भागमा परेको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्रम अन्तर्गतको भक्तपुर र दाङमा देउवा र बाग्लुङमा सिटौला समूहलाई टिकट दिइने सहमति भएको बुझिएको छ ।
भागवण्डको कुरा बुझेका केही नेताले विरोध समेत गरेको बुझिएको छ ।






