मुख्य समाचार

पोखरा ९ की वडा सदस्य भावना श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका वडा नम्बर ९ की तत्कालीन वडा सदस्य तथा न्यायिक समिति सदस्य भावना श्रेष्ठ र निवेदक रविनकुमार श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, पोखरा महानगरपालिका–२६ मा बाटोको निकाससम्बन्धी विवाद समाधान गर्ने क्रममा न्यायिक समिति सदस्य श्रेष्ठले आफूलाई पक्षमा पार्नका लागि रविनबाट दुई लाख रुपैयाँ घूस लिएको भन्ने उजुरी परेको थियो। अनुसन्धानपछि आयोगले उजुरीलाई पुष्ट्याउँदै उनीहरूलाई दोषी देखाएर… पुरा पढौ

पहिरोमा पुरिएर २ मजदुरको मृत्य, ५ घाइते

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा सोमबार २ मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी ५ जना घाइते भएका छन् । रघुगंगा ५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा २ मजदुर पुरिएका हुन् । उक्त घटनामा घाइते भएका ५ जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । ‘घटनास्थलमा… पुरा पढौ

गौर हत्याकाण्ड ब्यूतियो, उपेन्द्र यादवलाई आइलाग्यो संकट !

सर्वोच्च अदालतले रौतहट सदरमुका गौरको राइसमिल खैदानमा १९ वर्षअघि २८ जना माओवादी कार्यकर्ताको हत्या भएको घटनालाई ब्युँत्याइदिएको छ । ‘गौर हत्या काण्ड’ भएको १९ वर्षपछि सर्वोच्चले मुद्दा चलाउन आदेश दिएसँगै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अर्को संकट आइलागेको छ । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले यादवसहि जोडिएको उक्त हत्याकाण्डको मुद्दामा निवेदकको माग बमोजिम हुने परमादेश सोमबार जारी गरेको हो। त्रिभुवन साहसमेतले जिल्ला प्रहरी कार्यालय रौतहट… पुरा पढौ

नेसनल प्याब्सन कास्कीमा नयाँ समिति

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल एन प्याव्सनको कास्की जिल्ला समिति गठन भएको छ । एन प्याव्सनकी राष्ट्रिय अध्यक्ष तथा कानुन, योजना तथा नीति निर्माण विभाग र मधेश प्रदेश समन्वय उपसमिति संयोजक गीता राणा क्षेत्रीको उपस्थितिमा शनिवार पोखरामा कास्की जिल्ला समिति गठन भएको हो । समिति अध्यक्षमा रोशन कोइराला चयन भएका छन् । उपाध्यक्षमा विकल पौडेल, सचिवमा प्रतिभा के.सी., कोषाध्यक्ष कमल थापा रहेका छन् । सदस्यहरुमा अर्जुन आचार्य, मार्कण्ड… पुरा पढौ

एआई नीति स्वीकृत, नागढुङ्गा सुरुङ मार्गको उपभोग दस्तुर तोकियो

सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स(एआई) नीति, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पेस गरेको उक्त निर्णयलाई मन्त्रीपरिषद्को साउन २६ गते बसेको बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आज बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सो जानकारी दिनुभएको हो । उहाँले मन्त्रीपरिषद्ले गरेका अरू निर्णय पनि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।  नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर… पुरा पढौ

यसपालिको तीजलाई हरिदेवीका ४ गीत

हरितालिका तीज नेपाली महिलाको मौलिक, धार्मिक र हार्दिक पर्व हो । अघिल्लो दिन दर खाने र भोलिपल्ट व्रत बस्ने यो पर्वमा संगिनी गीत र तीजगीत गाइन्छन् । पुराना गाथा, आफ्नै दुःखका कथा र जीवनको संघर्ष बोल्ने यी गीतमा नातिनीदेखि हजुरआमा पुस्तासम्म सँगै गाउने, नाच्ने गर्छन् । अचेल घरमा बा, दाजुभाइले पकाएर ख्वाउने दर होटलको भोजमा रुपान्तर हुँदा तीजगीत पनि हलुका लोकगीत र रत्यौलीगीत जस्ता बन्न थालेका छन् । यो वर्षको… पुरा पढौ

माधवले पद छोड्नुपर्छः झलनाथ, झलनाथलाई पार्टीमा बस्ने अधिकार छैनः माधव

नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबिच विवाद भएको छ । एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेसँगको विद्रोह पुष्टि नभएको बताएपछि अध्यक्ष माधव नेपालले पार्टी छाड्न सुझाव दिएका छन् । खनालले पार्टी नीति विपरीत बोलेको भन्दै नेपालले पार्टी छोड्न भनेको प्रश्नमा खनालले नेपालले राजीनामा दिनुपर्ने बताए ।खनालले पार्टीभित्रका विभिन्न विषयमा असन्तुष्टि जनाउँदै पार्टी नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाए । पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेमा आफूहरूले गरेको विद्रोह पुष्टि हुन नसकेको… पुरा पढौ

सवारी लाइसेन्सको अवधि अब १० वर्ष

अब चालक अनुमतिपत्रको अवधि १० वर्षसवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष कायम भएको छ। सरकारले केही नेपाल ऐन संशोधन विधेयकमार्फत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गरी चालक अनुमतिपत्रको अवधि १० वर्ष कायम गरेको हो। यसअघि यस्तो अवधि पाँच वर्ष रहेको थियो। सवारी तथा यातायात व्यवस्था ऐनको दफा ५४ मा चालक अनुमतिपत्रको वैधता सम्बन्धी व्यवस्था रहेको छ। दफा ५४ को उपदफा ३ मा चालक अनुमतिपत्र दिइएको मितिदेखि दश… पुरा पढौ

पोखरामा पहिलो पटक श्रावण १६ र १७ गते आरयु फेष्ट 

पोखरामा पहिलो पटक आरयु फेष्ट हुने भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (GCRU) अन्तरगत आरयु फेष्ट (RU FEST 2025 ) गर्न लागिएको हो ।   यही श्रावण १६ र १७ गते बुलौदी स्थित पोखरा इभेन्ट सेन्टरमा फोहोरलाई खजना (मोहोर) बनाउने मुलमन्त्र सहित यो… पुरा पढौ

यस कारण गाउँ छाडेको थियो हायूको परिवारले

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवार पोखरा आइपुगेको छ । उर्मिला हायूसहित उहाँका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका हुन् । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए । घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले जानकारी दिएका छन् ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं