नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँगको सहकार्य जारी राख्दै यो गठबन्धन सरकारलाई निरन्तरता दिनु आवश्यकता नरहेको टिप्पणी गरेका छन् ।
सोमबार जेनजीहरूले आह्वान गरेको विरोध प्रदर्शन क्रममा सरकारले व्यापक दमन गरेको घटनामा प्रतिक्रिया जनाउँदै महामन्त्री थापाले यस्तो जनाएका हुन् । ुजनतालाई सुशासनको प्रत्याभूति दिने गरी दुई ठूला दल मिलेर बनाएको सरकारले त्यो नै गर्न नसकेका कारण यो गठबन्धनको सरकार रहिराख्नुको आवश्यकता रहेन,ु उनले भनेका छन्, यो विषयमा नेपाली कांग्रेसले पुनर्विचार गर्नुपर्छ।
विरोध प्रदर्शन क्रममा नयाँबानेश्वरमा भएको प्रहरी दमन र धरपकडमा कम्तिमा १९ जनाको ज्यान गएको छ भने थुप्रै घाइते भएका छन्। यो घटनाको सबै जिम्मा प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने कांग्रेस महामन्त्री थापाको भनाइ छ।
उनले भने, आन्दोलन नियन्त्रण गर्ने नाममा सरकारले गरेको चरम दमन निन्दनीय र अक्षम्य छ। कुनै पनि कोणबाट सरकारको यो शैली जायज हुन सक्दैन।,
आन्दोलनमा भएको बल प्रयोग, दमन र आक्रमणको नैतिक जिम्मा लिएर गृहमन्त्रीले राजीनामा दिइसकेको र समग्र परिस्थितिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने उनले उल्लेख गरेका छन्।
ु
तत्काल भ्रष्टाचार नियन्त्रण, सुशासन लगायतका सन्दर्भमा २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न र सबै भ्रष्टाचार काण्ड छानबिन गर्न आमनागरिकले भरोसा गरेका पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने उनले बताएका छन्।
त्यस कारण सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८० संविधान र कानुनसम्मत नभएकाले किन्तु(परन्तु नभनीकन निर्देशिका खारेज गरी सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध हटाउनुपर्छ,ु उनले भनेका छन्।






