जिल्ला प्रहरी कार्यालय कास्की आन्दोलनकारीको नियन्त्रणमा

पोखरामा जेनजीको प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय कास्की नियन्त्रणमा लिएका छन् । ठुलो सङ्ख्यामा प्रदर्शनकारी प्रवेश गरेसँगै प्रहरी त्यहाँबाट निस्किएको हो ।

अहिले प्रदर्शनकारी कार्यालयमा आगो लगाएका छन् भने उनीहरु तोडफोडमा पनि उत्रिएका छन् । त्यहाँ साँझदेखि नै आन्दोलनकारी र प्रहरीबिच घम्साघम्सी भइरहेको थियो ।